२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सीईओ राजेन्द्र वीर राय पक्राउ


सञ्चार डबली
  • आइतबार, जेठ १८ २०८२
  • 4.6K
    SHARES

  • images
    कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सीईओ राजेन्द्र वीर राय पक्राउ

    काठमाडौं, जेठ १८ । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका संस्थापक अध्यक्ष/प्रमुख कार्यकारी अधिकृत (सीईओ) एवं पटकपटक सञ्चालक समिति अध्यक्ष पदमा रहेका राजेन्द्र वीर राय पक्राउ परेका छन्।

    उनलाई २५० करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनी लामो समयदेखि फरार थिए।

    नेपाल राष्ट्र बैंकको समन्वयमा सिआइबीबाट खटिएको अनुसन्धान टोलीले रायलाई हिजो शनिवार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. १ बेलहियाबाट पक्राउ गरेको हो। उनीमाथि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत थप अनुसन्धान भइरहेको छ।

    सल्यान घर भएका भइ हाल बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २० मा बस्दै आएका राय २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेबाट उम्मेद्वार बनेर पराजित भएका थिए।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend