काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेडविरुद्द ४ सय चौतिस वटा मुद्दा दायर भएका छन्।
बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक बर्ष २०८०/८१ मा बैंकले सयौँ मुद्दा मुद्दा खेपिरहेको छ। तीमध्ये अधिकांश मुद्दा ठगी, ऋण अशुलीमा अपारदर्शीता, अनावश्यक ब्याज अशुल, जबर्जस्ती सम्पत्ति लिलामी, बैंकको असहयोगी व्यवहार र सेवाप्रतिको असन्तुष्टिसँग सम्बन्धित छन्।
सुरुमा आकर्षक अफर देखाएर ऋणलिन हौसाउने पछि ऋण तिर्न ऋणमाथि ऋण थोपर्ने बैंकले समय अगावै गैरजिम्मेवार शैलीमा अपराधीलाई जस्तो व्यवहार गर्न थालेपछि बैंकको प्रवृत्तिविरुद्ध ग्राहकहरू अदालत पुगेका हुन्।
बैंकविरुद्ध दायर मुद्दामा सबैभन्दा बढी कर्जा अशुलीका छन्। यस अवधिमा बैंकले ४ सय चार वटा मुद्दा खेपिरहेको छ। त्यस्तै, संचालन सम्बन्धी २६ वटा र अन्य २ वटा मुद्दा खेपिरेहेकोछ।
आव ८०/८१ मा बैंकले उक्त मुद्दामा कानुनी उपचार खर्च १ करोड ३५ लाख ५ हजार ९ सय ५७ रुपैयाँ खर्च गरेको छ। गत बर्ष बैंकले ३ करोड ३२ लाख ५ हजार २ सय १४ रुपैयाँ खर्चेको थियो । बैंकले ग्राहकलाई ऋण दिनुअघि घितोको अघिक मूल्यांकन गर्दै मनपरी रकम स्वीकृत गर्छ। चाहिने नचाहने सबै कानुनी कागजातमा दस्तखत पनि गराउँछ। तर पछि एउटा मात्रै किस्ता बुझाउन ढिला हुनासाथ स-साना त्रुटिमा समेत जबर्जस्ती असुली प्रक्रिया थालेर मानसिक तनाव दिने गरेका उजुरीहरू नेपाल राष्ट्र बैंकमा समेत दर्जनौं छन्।
ग्राहकले अदालतमा दायर गरेका मुद्दाहरूमा धितो लिलामी प्रक्रिया पारदर्शी नभएको, बैंकले सेवाग्राहीको गुनासो नसुनेको, ब्याज गणनामा ठगी गरेको, सूचना नदिई ऋण असुली प्रक्रिया अघि बढाएको जस्ता गम्भीर आरोप लगाएका छन्।
त्यस्तै, ऋण असुली न्यायाधिकरणमा पनि सबैभन्दा बढी एनआईसी एशिया बैंकले मुद्दा छ। चालु आवको ६ महिनामा मात्रै बैंकले ६९ करोड ४५ लाख १६ हजार रुपैयाँ ऋण असुल गर्न माग गर्दै ९० वटा मुद्दा दायर गरेको छ। वाणिज्य बैंकहरुममा अब्बल देखाउने होडमा फकाई फकाई ऋणमाथि ऋण थपिदिएको एनआईसी एशिया बैंकलाई उक्त ऋण उठाउन सकस भएपछि सुरक्षागार्ड, टोले गुण्डापछि अन्ततः न्यायाधिकरण गुहार्नु परेको छ।
लगानी गर्ने हुटहुटीमा आक्रामक शैली अपनाएको यस बैंकका तलदेखि माथिसम्मकै कर्मचारी बिचौलिया बनेर अधिक मुल्यांकन गराई कर्जा दिँदा ऋणीसँग धितोकों मुल्यांकन भन्दा अधिक ऋण छ। बैंकको ऋण तिर्नुभन्दा धितो छोड्नु उपयुक्त देख्ने र सोहि अनुसार सरेन्डर गर्ने ऋणीहरु बैंकमा सयौं छन्।
कुनै बेला आँफुलाई नम्बर वान दावी गर्ने बैंकसँग कम मूल्यमै भए पनि धितो लिलाम गर्ने र लगानी गर्न कोहि तयार नहुँदा आँफै सकार गरी गैर बैँकिङ् सम्पति थुपार्ने सिवाय अर्को विकल्प छैन।
संचालनमा रहेका २० वटा वाणिज्य बैंकमध्य सबैभन्दा बढी गैर बैँकिङ् सम्पत्ति एनआईसी एशियाकै छ।
काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेडविरुद्द ४ सय चौतिस वटा मुद्दा दायर भएका छन्।
बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक बर्ष २०८०/८१ मा बैंकले सयौँ मुद्दा मुद्दा खेपिरहेको छ। तीमध्ये अधिकांश मुद्दा ठगी, ऋण अशुलीमा अपारदर्शीता, अनावश्यक ब्याज अशुल, जबर्जस्ती सम्पत्ति लिलामी, बैंकको असहयोगी व्यवहार र सेवाप्रतिको असन्तुष्टिसँग सम्बन्धित छन्।
सुरुमा आकर्षक अफर देखाएर ऋण लिन हौसाउने, ऋण तिर्न ऋणमाथि ऋण थोपर्ने बैंकले समय अगावै गैरजिम्मेवार शैलीमा ग्राहकमाथि अपराधी जस्तो व्यवहार गर्न थालेपछि बैंकको प्रवृत्तिविरुद्ध उनीहरू अदालत पुगेका हुन्।
बैंकविरुद्ध दायर भएका मुद्दामा सबैभन्दा बढी कर्जा अशुलीका छन्। यस अवधिमा बैंकले अझै ४ सय ४ वटा मुद्दा खेपिरहेको छ। त्यस्तै, संचालन सम्बन्धी २६ वटा र अन्य २ वटा मुद्दा खेपिरेहेकोछ।
आव ८०/८१ मा बैंकले उक्त मुद्दा मिलाउन १ करोड ३५ लाख ५ हजार ९ सय ५७ रुपैयाँ खर्च गरेको छ। गत बर्ष बैंकले ३ करोड ३२ लाख ५ हजार २ सय १४ रुपैयाँ खर्चेको थियो ।
“बैंकले ग्राहकलाई ऋण दिनुअघि घितोको अघिक मूल्यांकन गर्दै मनपरी रकम स्वीकृत गर्छ। चाहिने नचाहने सबै कानुनी कागजातमा दस्तखत पनि गराउँछ। तर पछि एउटा मात्रै किस्ता बुझाउन ढिला हुनासाथ स-साना त्रुटिमा समेत जबर्जस्ती असुली प्रक्रिया थालेर मानसिक तनाव दिन्छ” बैकविरुद्ध मुद्दा दायर गरेका एक ग्राहकले भने ।
बैंकविरुद्द नेपाल राष्ट्र बैंकमा समेत दर्जनौं छन्। नियामक निकायलाई समेत प्रभावमा पार्दै आएको बैँकमाथि राष्ट्र बैंकले सम्व्त कारबाही गर्ने हिम्मत गर्दैन।
ग्राहकले अदालतमा दायर गरेका मुद्दाहरूमा धितो लिलामी प्रक्रिया पारदर्शी नभएको, बैंकले सेवाग्राहीको गुनासो नसुनेको, ब्याज गणनामा ठगी गरेको, सूचना नदिई ऋण असुली प्रक्रिया अघि बढाएको जस्ता गम्भीर आरोप लगाएका छन्।
त्यस्तै, ऋण असुली न्यायाधिकरणमा पनि सबैभन्दा बढी मुद्दा एनआईसी एशिया बैंककै छन् ।
चालु आवको ६ महिनामा मात्रै बैंकले ६९ करोड ४५ लाख १६ हजार रुपैयाँ ऋण असुल गर्न माग गर्दै ९० वटा मुद्दा दायर गरेको छ।
वाणिज्य बैंकहरुमा अब्बल देखाउने होडमा फकाई फकाई ऋणमाथि ऋण थपिदिएको एनआईसी एशिया बैंकलाई उक्त ऋण उठाउन सकस भएपछि सुरक्षागार्ड, टोले गुण्डापछि अन्ततः न्यायाधिकरण गुहार्नु परेको छ।
माडवारि खुसी पार्ने हुटहुटीमा आक्रामक शैली अपनाएको एनआईसी एशिया बैंकका तलदेखि माथिसम्मकै कर्मचारी बिचौलिया छन् । ग्राहकको सम्पत्तिको अधिक मुल्यांकन गराई कर्जा दिँदा ऋणीसँग बढि ऋण छ।
जसका कारण कतिपयले बैंकको ऋण तिर्नुभन्दा धितो छोड्नु उपयुक्त देख्न थालेका छन् । सोहि अनुसार सरेन्डर गर्ने ऋणीहरु बैंकमा सयौं छन्।