२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

डिम्याट खाताको नवीकरण शुल्क बुझाउन लक्ष्मी सनराइज क्यापिटलको आग्रह


सञ्चार डबली
  • शनिबार, जेठ १७ २०८२
  • 7.0K
    SHARES

  • images
    डिम्याट खाताको नवीकरण शुल्क बुझाउन लक्ष्मी सनराइज क्यापिटलको आग्रह

    काठमाडाैं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले सेवाग्राहीलाई डिम्याट खाता नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ । साविकको लक्ष्मी क्यापिटल मार्केट र सनराइज क्यापिटल मिलेर बनेको लक्ष्मी सनराइज क्यापिटलको शाखा कार्यालयहरुमार्फत हितग्राही खाता खोली धितोपत्रको कारोबार गरिरहेका सेवाग्राहीलाई वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरिएको हो।

    २०८१/८२ सम्म खाता खोलेका सम्पूर्ण डिम्याट खातावालाहरूले प्रत्येक आर्थिक वर्षको वार्षिक सञ्चालन शुल्क १०० रुपैयाँका दरले वार्षिक नवीकरण शुल्क बुझाउनुपर्ने छ। खातावालाहरले लक्ष्मी सनराइज बैंक वा फोनपे, क्यूआर पेमेन्ट, खलती, कनेक्ट आईपीएस, प्रभु पे, आइएमई पे, ई–सेवा तथा मेरो सेयर ड्यासबोर्डमार्फत भुक्तानी गर्न सक्नेछन् ।

    आव २०८०/८१ सम्मको वार्षिक शुल्क बुझाउन बाँकी रहेका हितग्राहीको डिम्याट खाता रोक्का रहेका हुँदा बुझाउन बाँकी रहेको वार्षिक शुल्क बुझाई आफ्नो हितग्राही खाता अद्यावधिक गराई सुचारु गर्न क्यापिटलले आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend