२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई नागरिक शिक्षण अस्पतालमा बिल रकम १२ प्रतिशतसम्म छुट


सञ्चार डबली
  • शुक्रबार, जेठ १६ २०८२
  • 6.3K
    SHARES

  • images
    नेपाल बैंकका कर्मचारी र ग्राहकलाई नागरिक शिक्षण अस्पतालमा बिल रकम १२ प्रतिशतसम्म छुट

    काठमाडौं, जेठ १६ । नेपाल बैंकका कर्मचारी र ग्राहकलाई नागरिक सामुदायिक शिक्षण अस्पताल र एचएएमएस अस्पतालको उपचार सेवामा लाग्ने शुल्कहरूमा बिल रकमको ५ प्रतिशत देखि १२ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

    जेठ १४ गते नेपालको पहिलो बैंक नेपाल बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकलाई एचएएमएस अस्पतालद्वारा सञ्चालित भक्तपुरको गठ्ठाघर स्थित नागरिक सामुदायिक शिक्षण अस्पतालमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

    उक्त सम्झौता बमोजिम नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकलाई नागरिक सामुदायिक शिक्षण अस्पताल र एचएएमएस अस्पतालको विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा बिल रकमको ५ प्रतिशत देखि १२ प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।

    सम्झौता पत्रमा बैकको तर्फबाट प्रमुख वित्त अधिकृत प्रकाश कुमार अधिकारी र नागरिक सामुदायिक शिक्षण अस्पतालको तर्फबाट कार्यकारी निर्देशक भुवन जोशीले हस्ताक्षर गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend