२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

डिजिटल भुक्तानीमा लाग्दै आएको भ्याट हट्यो


सञ्चार डबली
  • शुक्रबार, जेठ १६ २०८२
  • 5.2K
    SHARES

  • images
    डिजिटल भुक्तानीमा लाग्दै आएको भ्याट हट्यो

    काठमाडौं । डिजिटल भुक्तानीमा सरकारले लगाउँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज भएको छ ।

    आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सरकारले डिजिटल भुक्तानीमा भ्याट खारेज गरेको हो ।

    डिजिटल भुक्तानीमा हाल १३ प्रतिशत भ्याट लागेपछि सेवा शुल्क महँगिएको थियो ।

    ‘डिजिटल कारोबारलाई प्रोत्साहित गर्न समाशोधनगृहको सेवामा लाग्दै आएको मूल्य अभिवृद्धि कर खारेज गरेको छु’ मन्त्री पौडेलले बजेट भाषणका क्रममा भने ।

    १३ प्रतिशत भ्याट हटेपछि अब सेवा प्रदायकले डिजिटल कारोबारमा लाग्ने शुल्क पनि केही घट्नेछ ।

    ११ रुपैयाँ ३० पैसा लाग्दै आएको शुल्क १० रुपैयाँमा झर्नेछ भने ९ रुपैयाँ ४ पैसा लाग्दै आएको शुल्क ८ रुपैयाँमा झर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend