२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान


सञ्चार डबली
  • बिहीबार , जेठ १५ २०८२
  • 5.0K
    SHARES

  • images
    चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान

    काठमाडौं । प्रतिनिधिसभा बैठकमा आर्थिक सर्वेक्षण पेश भएको छ । बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेश गरेका हुन् ।

    अर्थमन्त्री पौडेलले संघीय संसद्मा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै देशको कुल ९९ प्रतिशत जनसंख्यामा विद्युत् सेवा पुगेको जानकारी गराए । उनले चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान रहेको बताए । उनले भने, ‘यस आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षको प्रथम ८ महिना र गत आर्थिक वर्षको मुलुकको समग्र विकासको अवस्था प्रस्तुत गरिएको छ । चालु आर्थिक वर्ष मुलुकको आर्थिक वृद्धि ४.६८ प्रतिशत रहने अनुमान छ ।

    प्रदेशगत रुपमा मधेस प्रदेश, कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश बाहेक सबै प्रदेशको अर्थिक वृद्धिदर राष्ट्रिय औसत ४.६१ प्रतिशत भन्दा माथि रहेको छ । चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान छ ।’ साथै उनले कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २५. १६ प्रतिशत, उद्योग क्षेत्रको योगदान १२. ८३ प्रतिशत, सेवा क्षेत्रको योगदान ६२. ०१ प्रतिशत रहने अनुमान गरिएको बताए ।

    उनले भने, ‘यस अवधिमा कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २५. १६ प्रतिशत, उद्योग क्षेत्रको योगदान १२. ८३ प्रतिशत, सेवा क्षेत्रको योगदान ६२. ०१ प्रतिशत रहने अनुमान छ । प्रतिव्यक्ति कुल राष्ट्रिय आय बढेर १५ सय १७ अमेरिकी डलर पुगेको छ । ’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend