२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नेशनल लाइफले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?


सञ्चार डबली
  • बिहीबार , जेठ १५ २०८२
  • 5.8K
    SHARES

  • images
    नेशनल लाइफले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

    काठमाडौं, जेठ १५ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सैंतीसौं वार्षिक साधारण सभा बोलाएको छ। सभा आगामी असार ५ गते लाजिम्पाटस्थित कम्पनीको आफ्नै केन्द्रीय कार्यालयमा बिहान साढे १० बजेबाट सुरु हुनेछ।

    सभाले हाल कायम चुक्ता पूँजी ५ अर्ब २१ करोड २१ लाख ३३ हजार रूपैयाँको १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर र यसका लाग्ने कर तिर्न ०.७८९४७३ प्रतिशत नगद लाभांश समायोजन गर्ने प्रस्ताव पारित गर्नेछ।

    साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्ष नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ।

    त्यसैगरी कम्पनीको चुक्ता पूँजी वृद्धि गर्ने, गत आवमा भएको खर्च अनुमोदन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

    कम्पनीको यही सभाले संस्थापक समूह ‘क वर्ग’ बाट ३ जना र सर्वसाधारण लगानीकर्ता ‘समूह ख’ बाट २ जना सञ्चालकको निर्वाचन समेत गर्नेछ।

    सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले जेठ २२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णयले जेठ २१ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरू मात्र कम्पनीको यस सभामा भाग लिन र पारित लाभांश प्राप्त गर्न सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend