२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय कमलादीस्थित आफ्नै भवनमा स्थानान्तरण


सञ्चार डबली
  • आइतबार, जेठ ११ २०८२
  • 6.8K
    SHARES

  • images
    एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय कमलादीस्थित आफ्नै भवनमा स्थानान्तरण

    ११ जेठ २०८२, आइतबार
    काठमाडौं । एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय कमलादी, काठमाडौं–२८ स्थित आफ्नै भवनमा स्थानान्तरण भएको छ । उक्त नवनिर्मित भवनमा वैदिक सनातन विधिपूर्वक पूजा अर्चना गरि बैंक सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालबाट शनिबार उद्घाटन गरिएको हो ।

    उक्त पूजा तथा उद्घाटन समारोहमा बैंक सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत तथा बैंकका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति थियो ।

    राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरी यस अघि रहेको थापाथली, काठमाडौं–११ स्थित ट्रेड टावरबाट प्रमुख कार्यकारी अधिकृतको कार्यालय, अन्य कार्यकारी अधिकृतहरुको कार्यालय लगायत विभिन्न विभागहरु आफ्ना सम्पूर्ण सेवा तथा सुविधाहरु कमलादीस्थित कर्पोरेट कार्यालयबाट प्रदान गर्ने गरी कर्पोरेट कार्यालय स्थानान्तरण भएको हो ।

    एन आई सी एशिया बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११६ वटा विस्तारित काउन्टर एवं ४२ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । साथै, बैंकले वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा समेत आफ्नो सेवा विस्तार गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend