२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

महालक्ष्मी विकास बैंकको ३१ औँ वार्षिकोत्सवको अवसरमा ३१ जना महिला उद्यमीलाई सम्मान


सञ्चार डबली
  • आइतबार, जेठ ११ २०८२
  • 4.6K
    SHARES

  • images
    महालक्ष्मी विकास बैंकको ३१ औँ वार्षिकोत्सवको अवसरमा ३१ जना महिला उद्यमीलाई सम्मान

    काठमाडौं, जेठ ११ । महालक्ष्मी विकास बैंकले ३१ औं वषमा प्रवेश गरेको अवसरमा महिनाब्यापी रुपमा वार्षिक उत्सव मनाउने क्रममा महिला उद्यमीहरुलाई देशै भरीका विभिन्न शाखा कार्यालयहरु मार्फत विभिन्न कार्यक्रमहरु गरी सम्मान गरेको छ ।

    वित्तीय पहुँच, आर्थिक विकास, सामाजिक प्रगति तथा लैंगिक समानताको मुल प्रवाहमा ल्याउने उद्धेश्य सहित उक्त सम्मान गरिएको हो । यस कार्यबाट उद्यमशिलतालाई समेत प्रबद्र्धन गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

    यसका साथै बैंकले वार्षिकोत्सवको अवसरमा जेठ ६ गते देश भरका १० वटा शाखा कार्यालयहरु र बैंकको केन्द्रीय कार्यालयमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त रक्तदान कार्यत्रमहरु मार्फत ३२० पिन्ट रगत संकलन गरिएको थियो । स्वास्थ्य क्षेत्रमा चुनौतीको रुपमा रहेको रगत व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले बैंकले ३१ औं वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रमहरु सञ्चालन गरेको हो ।

    जेठ ७ गते बुधबार केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालय तथा शाखा कार्यालयहरु मार्फत देशको भौगोलिक र सांस्कृतिक अवस्थाको उजागर गर्न बैंकले कर्मचारीहरुलाई स्थानीय भेषभूषा सहितको पहिरनमा उपस्थीत भई सम्बन्धीत भेषभुषाको प्रहसन गरेको थियो। यसका साथै बैंककोकेन्द्रीय कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर तथा आँखा शिविर समेत सञ्चालन गरेको छ ।

    त्यस्तै केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालयहरु तथा शाखा कार्यालयका कर्मचारीहरुको सहभागितामा वित्तीय साक्षरता सहितको प्रभातफेरी कार्यक्रम समेत सम्पन्न गरिएको छ । उक्त प्रभातफेरी कार्यक्रममा बैंकिङ सेवाहरुः जस्तै मोवाईल बैंकिङ, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित प्लेकार्डहरुको प्रयोग गरिएको थियो ।

    वार्षिक उत्सवको महत्वपुर्ण कार्यक्रमको रुपमा रहेको र विगत ३ बर्षदेखि सफलतापुर्वक सञ्चालन गरिएको महालक्ष्मी कर्पोरेट क्रिक्रेटको चौथो श्रृङखला-महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग – २०२५, श्रृङखला ४० २४ टिमको सहभागितामा बैैंकले जेठ २१, २२, २३ र २४ गते सञ्चालन गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend