२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

प्रभु बैंक र इला कम्फर्ट हाेटलबीच विशेष छुट सम्झौता


सञ्चार डबली
  • आइतबार, जेठ ११ २०८२
  • 4.4K
    SHARES

  • images
    प्रभु बैंक र इला कम्फर्ट हाेटलबीच विशेष छुट सम्झौता

    काठमाडौं, जेठ ११ । प्रभु बैंक लिमिटेड र बाग्लुङकाे इला कम्फर्ट होटल एण्ड रिर्सोटबीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

    आइतबार एक समारोहका बीच इला कम्फर्ट होटल एण्ड रिर्साेटका तर्फबाट महा–प्रबन्धक बुद्धि प्रसाद तिवारी र प्रभु बैंक लिमिटेड तर्फबाट, बैंकका प्रमुख क्षेत्रिय व्यापार अधिकृत राजु रानाले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।

    सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड/क्रेडीट कार्ड तथा बैकंको अन्य कुनै विद्युतिय माध्यमबाट बिल भुक्तानी गर्दा इला कम्फर्ट होटल एण्ड रिसोटमा उपलब्ध आवास सेवामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् भने खाना तथा मनोरञ्जन लगायतका सेवाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

    बाग्लुङ, पर्यटकीय क्षेत्रका लागि प्रसिद्ध छ, जहाँ विभिन्न ठाउँबाट पर्यटकहरुको बाक्लो आवागमन हुने गर्दछ । यहाँ अवस्थित बाग्लुङ कालिका मन्दिरमा पुजाआजाको लागि विभिन्न ठाउँहरुबाट दर्शनार्थिहरुको बाक्लो उपस्थिती हुने गर्दछ । बाग्लुङमा पन्चकोट, शालिग्राम संग्राहलय तथा अन्य पर्यटकीय ठाउँहरुको अवलोकनका लागि विभिन्न ठाउँहरुबाट पनि पर्यटकहरुको आवतजावत हुने गर्दछ ।

    पर्यटकीय स्थलको रुपमा परिचित बाग्लुङमा अवस्थित, इला कम्फर्ट होटल एण्ड रिसोट आरामदायी बसाइको लागि न्यानो, परिवारमैत्री वातावरण, असाधारण सेवाको साथ मिश्रित नयाँ गन्तव्य हुन सक्छ । प्रभु बैंक लिमिटेड तथा इला कम्फर्ट होटल एण्ड रिसोट विच भएको योे साझेदारीले बाग्लुङ पर्यटनको प्रवर्द्धन हुनुका साथै प्रभु बैंक लिमिटेडका ग्राहकहरु पनि लाभान्वित हुनेछन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend