२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

हवलदारसहित २१ जना प्रहरी सम्पर्कविहीन, सात दिनभित्र हाजिर हुन निर्देशन


सञ्चार डबली
  • आइतबार, जेठ ११ २०८२
  • 6.4K
    SHARES

  • images
    हवलदारसहित २१ जना प्रहरी सम्पर्कविहीन, सात दिनभित्र हाजिर हुन निर्देशन

     

    काठमाडौं । नेपाल प्रहरीका एक जना हवलदारसहित २१ जना प्रहरी कर्मचारी आफूखुसी गैरहाजिर भएका छन्। आइतबार प्रहरी प्रधान कार्यालयले फागुन र चैतदेखि आफूखुशी गैरहाजिर भएकाहरूलाई सम्पर्क आउन भनेर सूचना जारी गरेको छ।

    एक जना प्रहरी हवलदार, पाँच जना सहायक हवलदार, १५ जना प्रहरी जवान र एक जना प्रहरी कार्यालय सहयोगी सम्पर्कविहीन छन्।गैरहाजिर हुने हवलदारमा कर्णाली प्रदेश कार्यालय गण सुर्खेतमा दरबन्दी रहेका दाङ राजपुर गाउँपालिका(२ का अमरनाथ चौधरी छन्।

    उनी चैत २६ गतेदेखि गैरहाजिर छन्।सहायक हवलदारहरूमा राजु धिताल, खुमबहादुर खड्का, मालिकराम कान्दु र चित्रबहादुर पुन मगर छन्। उनीहरू पनि चैतको विभिन्न मितिदेखि गैरहाजिर छन्।बाँकी १५ जना जवान र एक जना कार्यालय सहयोगी छन्।

    उनीहरूको खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावलीबमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा पनि सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक  स्पष्टीकरण जवाफ सहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरूलाई प्रहरी नियमावालीको नियम १०९ को देहाय ९ख० १ बमोजिम सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend