२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

भट्टमाथि निलमको अर्को षडयन्त्र: कर्जा सूचना केन्द्रको अध्यक्षबाट हटाउन पत्राचार, खतिवडाका ज्वाईं नियुक्त


सञ्चार डबली
  • आइतबार, जेठ ११ २०८२
  • 5.8K
    SHARES

  • images
    भट्टमाथि निलमको अर्को षडयन्त्र: कर्जा सूचना केन्द्रको अध्यक्षबाट हटाउन पत्राचार, खतिवडाका ज्वाईं नियुक्त

    काठमाडौं । नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगानाले बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टसँग एकपछि अर्को प्रतिसोध साँधेकी छन्। सत्तागठबन्धनबीच गभर्नर बनाउने सहमति बनेपछि भट्टले दिएको राजीनाम स्वीकृत नगरेकी ढुंगानाले कर्जा सूचना केन्द्रको अध्यक्षको जिम्मेवारीमा रहेका भट्टलाई उक्त जिम्मेवारीबाट भने हटाएको पाईएको छ। भट्टले राष्ट्र बैंकबाट राजिनामा दिईसकेको भन्दै उक्त पदमा अर्को व्यक्ति नियुक्त गर्न पत्र पठाएकी छन्। जबकी भट्टको राजिनामा स्वीकृत नगरी दिएकै कारण उनी गभर्नर बन्न सकेनन्। भट्ट अझैसम्म बैंकका कार्यकारी निर्देशक हुन्।

    राष्ट्र बैंकका कार्यकारी निर्देशक सरकारी स्वामित्वका संस्थामा प्रतिनिधित्व गर्ने व्यवस्थाअनुसार भट्ट अध्यक्ष रहेको कर्जा सूचना केन्द्रको वेवसाइटमा युवराज खतिवडाका छोरीज्वाईं रामशरण खरेल अध्यक्ष तोकिएका छन् । नयाँ गभर्नर नियुक्तिको एकदिन अघिनै नियोजित रुपमा ढुंगानाले पठाएको पत्रको आधारमा भट्टको ठाउँमा खरेललाई अध्यक्ष बनाइएको कर्जा सूचना केन्द्रका एक अघिकारी बताउँछन्।

    ढुंगाना खतिवडा निकट छिन् । भट्ट र ढुंगानालाई लिएर राष्ट्र बैंकभित्रै पनि चर्चा हुने गर्छ। उनलाई गभर्नर बनाउन खतिवडाले निकै प्रयास गरेका थिए। तर, कायममुकायम पदमा रहेर गर्नुपर्ने नियमित काम समेत गर्न अटेर गर्दै जुनियरसँग प्रतिसोध साँधेकै कारण साख गुमाएकी उनी गभर्नर बन्न सकिनन्।

    बैंक स्रोतका अनुसार ढुंगानाले कार्यकारी निर्देशक गुणाकर भट्टले राजीनामा दिएको र बैंक सेवामा नरहेको व्यहोरा उल्लेख गर्दै युवराज खतिवडाका छोरीज्वाईं रामशरण खरेललाई अध्यक्ष बनाउनु भन्ने पत्र पठाएकी हुन् । जबकि कायममुकायम गभर्नरको जिम्मेवारीमा रहेकी ढुंगानाले राजीनामा मिल्दैन, पूर्ण गभर्नर आएपछि मात्रै हुन्छ भन्ने बहाना बनाएर राजीनामा स्वीकृत गरिनन्।

    राष्ट्र बैंकको नेतृत्वका लागि सरकार नयाँ गभर्नर नियुक्त गर्ने तयारीमा रहँदा कायममुकायम गभर्नरको जिम्मेवारी पाएकी ढुंगानाले सबैलाई चकित पार्ने कदम चालिन्। गभर्नर बन्ने लालसामा ढुंगानाले कानुन र प्रक्रियालाई नै चुनौती दिने शैलीमा आफूले आँफैलाई राष्ट्र बैंक सञ्चालक समितिको अध्यक्ष घोषणा गरिन्। आफू कार्यवाहक गभर्नर भएको आधारमा एक डेपुटी गभर्नरको पद खाली गराउँदै उनले संस्थाको संरचना नै फेरबदल गरी ‘आत्मघोषित सत्तारोहण’ गरिन् , जुन अनौठो मात्र हैन संस्थागत मर्यादा विपरितको कदम हो। रकारभित्र गभर्नर नियुक्तिको विषयमा सहमति बन्न नसकेको फाईदा ढुंगानाले राम्रैसँग उठाईन्।

    त्यस्तै, कामु गभर्नर बन्नासाथ गभर्नर बन्ने हड्बडाहटमा निर्माण व्यवसायीलाई खुसी पर्न कर्जा पुनर्तालिकीकरणको निर्णय गरिन्। जसका कारण उनले चौतर्फी आलोचना खेप्नुपर्यो । यसअघि पनि उनीमाथि कार्यकारी निर्देशकको विवादास्पद बढुवा गरेको आरोप छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend