२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

निलम गभर्नर बन्न चुकेपछि अतालिएको ‘एनआईसी एशिया बैंक’


सञ्चार डबली
  • शुक्रबार, जेठ ९ २०८२
  • 6.1K
    SHARES

  • images
    निलम गभर्नर बन्न चुकेपछि अतालिएको ‘एनआईसी एशिया बैंक’

    काठमाडौँ, जेठ ९ । नेपाल राष्ट्र बैंककी  सिनियर डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनालाई गभर्नर बनाउन नसकेपछि एनआईसी एएशिया बैंक तनावमा छ त्यसमाथि उनीको मातहतमा रहेको बैंक सुपरिवेक्षण विभाग डेपुटी गभर्नर बम बहादुर मिश्रलाई जिम्मामा परेपछि बैंक व्यवस्थापन थप अतालिएको पाईएको छ।

    नेपालको ठूलो व्यवसायिक घरानाका रुपमा चिनिएको विशाल ग्रुप निलम ढुङ्गानालाई गभर्नर बनाउन निकै दौडधुप गर्यो। ढुंगाना गभर्नर बन्दा आँफू अनुकूल चलाउन सकिने भन्दै  यस समूहद्वारा संचालित एनआईसी एशिया बैंक, लघुवित्त, इन्स्योरेन्स कम्पनी लगायतका सार्वजनिक सँस्थाका उच्च व्यवस्थापनकीय कर्मचारीदेखि संचालक समिति समेत साम दाम दण्ड भेद लगाएर लागिपरेका थिए । ढुंगानाले सहयोग गर्ने आश्वासन पाएका उनीहरुले बिचौलियासँग भेटेर कुराकानी गरेको बिचौलियाले केपी ओलीसमक्ष उनको प्रस्ताव गरेको बिषय विभिन्न संचारमाध्यममा सार्वजनिक पनि भयो। बैंकले लगानी गरेका केहि संचारमाध्यम प्रायोजित रूपमै महिला गभर्नर बन्नुपर्छ भन्दै उनलाई बोकेरे हिँडे।

    तर, राजनीतिक भागवण्डामा गभर्नर कांग्रेसको भागमा परेपछि प्रतिष्पर्धीमाथि जतिसुकै च्याँखे थापेपनि ओली निकट भएपनि उनी गभर्नर बन्न सकिनन्। गभर्नर बन्ने सपना तुहिएपछि नियामकलाई कब्जामा लिएर अपराध लुकाउने रणनीतिमा रहेको एनआईसी एशिया बैंक अतालिएको छ।

    बैंकको नाजुक वित्तीय अवस्था तथा संचालक तथा सिइओसँग जोडिएका आपराधिक र नियामक जोखिमलाई गभर्नरमार्फत् जोगाउन गरिएको अथक प्रयास असफल भएपछि नयाँ गभर्नरसम्म पुग्न माध्यम खोजिरहेको पाईएको छ। तथापि नेपाली कांग्रेसका महामन्त्री गगन थापानिकट रहेका न्यौपाने उनकै सहायतामा गभर्नरसँग सम्बन्ध बनाउन लागेको बैंक स्रोतको दावी छ।

    बैंक स्रोतका अनुसार निलम गभर्नर बन्न नसकेपनि बैंक सुपरिवेक्षण विभाग उनैको मातहतमा छ भन्नेमा न्यौपाने केहि आशावादी थिए। तर नयाँ गभर्नर विश्व पौडेलले जिम्मेवारी बांडफांडका क्रममा निलमसँग भएको उक्त विभागको जिम्मेवारी खोसेर डेपुटी गभर्नर बम बहादुर मिश्रलाई दिएपछि उनी तनावमा छन्। न्यौपाने मिश्रका सख्त विरोधी हुन् भन्ने कुरा उनलाई राम्रोसँग थाहा छ। न्यौपानेको अपराध मिश्रबाट लुक्दैन भन्नेमा बैंकका उच्च पदस्थ कर्मचारी जानकार छन्। सुपरिवेक्षणको जिम्मेवारी मिश्रमाथि आएपछि नियमन कडा बन्ने सम्भावनासँगै बैंक व्यवस्थापन थप तनावमा रहेको बैंक स्रोत बताउँछ।

    २०७७ /७८ को पहिलो त्रैमासमा सबैभन्दा बढी नाफा आर्जन गर्न सफल एनआईसी बैंकको नाफा चालु आर्थिक वर्षको नौ महिनामासम्ममा ९१.८१ प्रतिशतले घटेर १५ करोड ६७ लाख ७५ हजार रुपैयाँमा सिमित भएको छ। बैंकका अघिकांश वित्तीय सूचक नकारात्मक छन्। गैर-बैंकिङ सम्पत्तिर खराव कर्जाको दलदलमा बैंक फँसेको छ। बैंकले हरेक त्रैमासमा सार्वजनिक गर्ने वित्तीय विवरणमा खराब कर्जा अनुपात ४ प्रतिशतको हाराहारीमा हुने गर्दछ। चालु आर्थिक बर्षको चैत मसान्तमा पनि ४.९२ देखाएको छ तर बैंक स्रोतका अनुसार खराव कर्जा २० प्रतिशतभन्दा माथि पुगेको छ। जुन बैंकिङ प्रणालीमा अत्यन्तै संवेदनशील मानिन्छ।

    राष्ट्र बैंकको निर्देशनविपरित गइ वित्तीय अपराध गरेपछि बैंकका अध्यक्ष तुलसीराम अग्रवालसहितका संचालक तथा बैंकका सीइओ रोशन कुमार न्यौपानेलाई राष्ट्र बैंकले नसिहत दियो। बैंक सुपरिवेक्षण विभागले अध्यक्ष तथा सीइओले गरेको अपराधमा फईनान्सियल पेनाल्टी लगाउनुपर्ने सुझावसहितको प्रतिवेदन नीतिनिर्देशन समितिलाई बुझायो । डेपुटी गभर्नरको मातहतमा रहने नीति निर्देशनसमितिको नेतृत्व गरेकी डेपुटी गभर्नर ढुंगानाले सुपरिवेक्षण विभागको प्रतिवेदनमाथि छलफल नै गरिनन्। निवर्तमान गभर्नर महाप्रसाद अधिकारी निकट रहेका रामेश्वर थापाका व्यवसायिक पार्टनर न्यौपानेलाई थापाकै जोडबलमा बैंक छोड्ने सर्तमा उन्मुक्ति दिइयो।

    राष्ट्र बैंकलाई बैंक छोड्ने प्रतिवद्धता जनाएका न्यौपानेले सोहिअनुसार बैंक संचालक समितिलाई राजिनामा बुझाए। संचालनमा रहेका वाणिज्य बैंकहरुको नम्बर वान बैंकलाई पुछारमै पुर्याएका न्यौपानेलाई बैंकको वित्तीय अवस्था नसुधारेसम्म उन्मुक्ति नमिल्ने भनेपछि उनको राजिनामा अझैसम्म स्वीकृत भएको छैन।

    उनको राजिनामा स्वीकृत नहुनुका पछाडि थुप्रै कारण रहेको र त्यसमा पनि प्रमुख कारण नेतृत्व अभाव भएको बैंकका एक संचालक समिति सदस्य बताउँछन्। उनी भन्छन्,  ‘बैंकको नेतृत्व सम्हाल्न सक्ने क्षमता देखिएका सीनियर डेपुटी सीइओ सुधिरनाथ पाण्लाडेलाई बैंककै उच्च व्यवस्थापनका कर्मचारीले नै विभिन्न बाध्यात्मक अवस्था सिर्जना गरेर निकाले। उनीपछि बैंकको नेतृत्व सम्हाल्न सक्ने कोहि देखिँदैन। बैंकको अवस्था देखेपछि बहिराबाट आएर कसैले सीइओ पद सम्हाल्ने हिम्मत गर्दैन, त्यसैले पनि तत्काल यहि हुन्छ भन्न सक्ने अवस्था छैन।’ तर नेपाल

    राष्ट्र बैंक स्रोतका अनुसार राष्ट्र बैंकको नयाँ नेतृत्वले कडाइका साथ नियमन गर्यो भने बैंकलाई अन्य बैंकमा गाभ्ने या मर्ज गर्ने भन्दा दोश्रो विकल्प छैन। न्यौपाने एनआईसी एशियाका बैंकका अन्तिम सीइओ हुन्।

    न्यौपानेले बैंकको वासलात समेत निकै छेडछाड गरेर प्रकाशित गर्ने गरेका छन्। नेपाल राष्ट्र बैंकमा बुझाएको वासलातमा छेडछाड गर्ने गरेको तथ्य सार्वजनिक भएपछि तत्कालिन सुपरिवेक्षण विभाग प्रमुख देवकुमार ढकालले प्रमाणीकरणका लागि राष्ट्र बैंक पुगेको वासलात २ पटकासम्म फिर्ता गरिदिएपछि बैंकले तोकिएको समयमा साधारणसभा समेत गर्न सकेको थिएन।

    एनआईसी एशिया बैंकलाई राष्ट्र बैंकका कर्मचारीको चाकडी गरेकै भरमा उन्मुक्ति मिलिरहेको राष्ट्र बैंककै कर्मचारीहरु बताउँछन्। व्यंग्यात्मक शैलीमा उनी भन्छन्, ‘तारे होटल र महंगा रिसोर्टको मेजमानी खाएपछि कारबाही कसरी गर्नु , नुनको सोझो त गर्नै पर्यो नि हजुर।’ त्यस्तो त हरेक शुक्रवार राष्ट्र बैंकका कोहि न कोहि कर्मचारी परिवारसहित गोकर्ण रिसोर्टमा एनआईसी एशिया बैंकको भोज खाँदै गरेका भेटिन्छन्। यसैका आडमा एनआइसी एशियाले अपराध लुकाउँदै आएको छ।

    बैंकमाथि ग्राहकसँग ब्याज फिर्ताका नाममा आन्तरिक लेनदेन, अनियमितता, पहुँचको दुरुपयोग र नियमनकारी निकायमा हस्तक्षेपजस्ता विभिन्न आरोप छ। तर,सीइओ न्यौपाने भने बैंकभित्र उठेका कुनै पनि बिषयमा प्रतिक्रिया दिन मान्दैनन्। डेपुटी बैंकका सूचना अघिकारीमार्फत् बुझ्ने प्रयास गर्दा उनले फोन उठाएनन्।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend