२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

राष्ट्र बैंकको गभर्नर पौडेलविरुद्ध सर्वोच्चमा रिट


सञ्चार डबली
  • शुक्रबार, जेठ ९ २०८२
  • 5.3K
    SHARES

  • images
    राष्ट्र बैंकको गभर्नर पौडेलविरुद्ध सर्वोच्चमा रिट

    काठमाडौँ, जेठ ९ । नेपाल राष्ट्र बैंकको गभर्नर विश्व पौडेलविरुद्ध योग्यता नपुगेको व्यक्तिलाई गभर्नर नियुक्त गरेको भन्दै सर्वोच्च अदालतमामा रिट निवेदन पेस भएको छ ।

    ऐन, २०५८ को प्रतिकूल भएको दाबीसहित सर्वोच्च अदालतमा निवेदन परेको हो ।

    पौडेलविरुद्ध योग्यता नभएको र नियुक्ति बदर भएको माग राख्दै सरकार र छनोट समितिलाई विपक्षी बनाएर रिट निवेदन पेस भएको छ ।

    अधिवक्ताहरू अनन्तराज लुइँटेल, प्रतिभा उप्रेती र विशाल थापाले राष्ट्र बैंक ऐनको बर्खिलाफ राजनीतिक स्वार्थ जोडिएका पौडेललाई गैरकानुनी रुपमा नियुक्त गरिएकाले बदर माग गरेका छन् ।

    उक्त रिट निवेदन दर्ताको प्रक्रियाका लागि छलफलमा रहेको छ । यसअघि गत ६ जेठमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा। विश्वनाथ पौडेललाई मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्त गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend