२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

एनआईसी एशिया बैंकको अर्को फ्रड: ‘झुटा कागजात, फर्जी मूल्याङ्कन र घुस्याहा कर्मचारी'[ फलोअप]


सञ्चार डबली
  • बिहीबार , जेठ ८ २०८२
  • 5.5K
    SHARES

  • images
    एनआईसी एशिया बैंकको अर्को फ्रड: ‘झुटा कागजात, फर्जी मूल्याङ्कन र घुस्याहा कर्मचारी'[ फलोअप]

    काठमाडौं, जेठ ८ । एनआईसी एशिया बैंकको अर्को बदमासी भेटिएको छ।

    बैंकले काभ्रेपलाञ्चोकका सन्तोष लामाको ९ रोपनी ९ आना जग्गा खरिद गर्नका लागि भन्दै बैंककै तत्कालिन शाखा प्रबन्धक विनोद घिमिरेका नाममा १ करोड पचास लाख रुपैयाँ कर्जा स्वीकृत गर्यो। नियमअनुसार जग्गा खरिदविक्री प्रक्रियामा बैंकले स्वीकृत भएको उक्त रकम जग्गा धनी अर्थात् सन्तोष लामाकी श्रीमतीको खातामा प्रवाह गर्नुपर्ने हो। तर, शाखा प्रबन्धक संगम अधिकारीसँगकै सेटिंगमा दुषित मनसायले लामाको जग्गा खरिद गर्न भन्दै बैंकबाट निकालेको उक्त रकम विनोदले गोठालो फर्मका नाममा रहेको पुरानो ऋण चुक्ता गर्न प्रयोग गरेका छन्। जसका कारण लामासँग यतिबेला न जग्गा छ, न हातमा जग्गा बेचेको पैसा।

    नियमविपरित कर्जा रकमको दुरुपयोग भएको भेटिएर अनुसन्धान सुरु भएपछि यी दुईले कर्जाको वर्गीकरण नै बदलेका छन्। बैंकमा ‘लोन प्रोसेस’ भईसकेकोले रकम निकास भएपछि तिर्ने सर्तमा विनोदले एक करोड २० लाखको चेक बुझाएर जग्गा आफ्नो नाममा ल्याएका थिए। तर, जग्गा विनोदको नाममा आएपछि मात्रै लोन प्रोसेस भएको देखाईएको छ। जबकी बैंकले जग्गा खरिद गर्नका लागि नै कर्जा स्वीकृत गरेको हो।

    यसो किन गरियो भन्नेमा बैंककै उच्च व्यवस्थापनका कर्मचारी आश्चर्यमा छन्। उनीहरु भन्छन् यो त ल्याण्ड पर्चेज कर्जा हुनुपर्ने हो, कसरी वर्किंग क्यापिटल भयो?’

    यस प्रक्रियामा बैंकले एक त लामालाई अन्डरटेकिंग लेटर दिएको छैन भने अर्को निकासा भएको रकम उनको खातामा नभई ऋणीकै खातामा जम्मा गरेको छ। त्यसैगरी, जग्गा पास भएकोभन्दा पछिको मिति राखेर लोन पास भएको देखाईएको छ। यसो गरेवापत प्रबन्धक अघिकारीले १५ लाख रुपैयाँ बुझेको र उक्त रकम क- कसको खातामा हालियो भन्ने बिषय भने प्रष्ट नभएको लामाको भनाई छ।

    बैङ्किङ सिस्टम तथा प्रकृया बुझेकै कारण यी दुई कर्मचारीले प्रकृया समेत आँफू अनुकूल बनाएर कागजातमा समेत फ्रड गरेको भेटिएको छ। भूमि खरिदविक्री प्रक्रियामा ‘ल्याण्ड पर्चेज कर्जा’ बनाउनु पर्नेमा ‘वर्किंग क्यापिटल’ देखाएर रकम प्रवाह गरेको भेटिएको हो। तर, जग्गा खरिदगरेवापत बुझाउन निकालिएको रकम लामाको खातामा जम्मा नगरी बैंकले विनोदकै खातामा प्रवाह गरेपछि सोहि बदमासी ढाकछोप गर्न प्रबन्धक अधिकारीले ल्यान्ड पर्चेजको सट्टा ‘वर्किंग क्यापिटल देखाएर बैंकमै रहेको विनोदको अर्को ऋण सेटल गरिदिएका छन्। यसले बैंकिङ नियमन र आन्तरिक व्यवस्थापनमाथि गम्भीर प्रश्न खडा गरेको छ भने बैंकले गोठालो फर्ममा प्रवाह गरेको करोडौंको रकम निकासमा आर्थिक चलखेलको आरोप समेत लागेको छ।

    बैंकले विनोदका नामआ बढीभन्दा बढी रकम ऋण प्रवाह गर्नकै लागि उक्त जग्गाको मुल्यांकन ३ करोड गरिदिन भनेको थियो। जग्गाको वास्तविक मुल्यांकनभन्दा दोब्बर गर्दा पनि उक्त जग्गाको मुल्यांकन १ करोड ४९ लाख आयो। तथापि उक्त जग्गामा ऋण भने १ करोड ५० लाख दिइएको छ यो सिधै वित्तीय अपराध हो। कर्मचारीलाई कमिसन बुझाएर बढाइचढाई मुल्यांकन गरी तयार पारिएको रिपोर्टकै आधारमा गरिएको ऋण प्रवाह पनि अधिक छ।

    ल्याण्ड पर्चेज कर्जालाई नियमतः ‘वर्किङ क्यापिटल’ (दैनिक सञ्चालन खर्च) कर्जाको रूपमा परिवर्तन गरिनु वित्तीय अपराध भएको बैंकरहरु नै बताउँछन् । यो नियमन विपरीत मात्र होइन, बैंकको नीति र उद्देश्यको समेत उल्लंघन हो। यसले नियामक निकाय नेपाल राष्ट्र बैंकको निर्देशनको समेत अवज्ञा गरेको देखिन्छ। यसबाट एनआईसी एशिया बैंकको साख झनै खस्किएको छ।

    यस सम्बन्धमा बैंकलेअघिकारीमाथि अनुसन्धान भईरहेको जनाएको छ। तर बैंक स्रोतकै अनुसार यस बिषय आन्तरिक रुपमा उठाइएको भए पनि सीइओ रोशन कुमार न्यौपानेसँगको पहुँचकै आधारमा उनीमाथिको अनुसन्धान दबाउने प्रयास भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend