२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

राष्ट्रिय वाणिज्य बैंकको ‘७ प्रदेश ७ उत्पादन’ योजना सार्वजनिक, कृषि कर्जामा नयाँ आशा


सञ्चार डबली
  • बिहीबार , जेठ ८ २०८२
  • 7.3K
    SHARES

  • images
    राष्ट्रिय वाणिज्य बैंकको ‘७ प्रदेश ७ उत्पादन’ योजना सार्वजनिक, कृषि कर्जामा नयाँ आशा

    काठमाडौं, जेठ ८ । राष्ट्रिय वाणिज्य बैंक (RBB)ले मुलुकका सातवटै प्रदेशलाई लक्षित गरी ‘७ प्रदेश ७ उत्पादन’ शीर्षकमा नयाँ कृषि कर्जा योजना सार्वजनिक गरेको छ । कृषि तथा पशुपालन क्षेत्रको प्रवर्द्धन गर्दै युवालाई आत्मनिर्भर बनाउने उद्देश्यसहित बैंकले यो ‘प्रदेश विशेष कृषि कर्जा’ योजना ल्याएको हो ।

    यस योजनाअन्तर्गत प्रत्येक प्रदेशको विशिष्ट कृषि उत्पादनमा आधारित कर्जा प्रवाह गरिनेछ। बैंकले प्रदेशअनुसार निम्न उत्पादनहरूलाई प्राथमिकता दिएको छ:

    प्रदेश १: अलैँची
    प्रदेश २: माछा पालन
    बाग्मती प्रदेश: कुखुरा पालन
    गण्डकी प्रदेश: फलफूल
    लुम्बिनी प्रदेश: पशुपालन
    कर्णाली प्रदेश: जडीबुटी
    सुदूरपश्चिम प्रदेश: केरा खेती

    योजना अन्तर्गत किसान, कृषि उद्यमी, सहकारी संस्था, युवा उद्यमीहरूलाई रु. ५ करोडसम्मको कर्जा प्रदान गरिनेछ। यस योजनाको विशेषता भनेको कर्जा लिने व्यक्तिलाई आधार दरमा मात्र ०.५ प्रतिशत प्रिमियम थप गरेर ब्याजदर कायम गरिनेछ । साथै, कर्जा लिनु अघि तिर्नुपर्ने प्रोसेसिङ शुल्क पनि केवल ०.५ प्रतिशत मात्र राखिएको छ । कर्जाको अवधि अधिकतम १० वर्षसम्मको हुनेछ ।

    राष्ट्रिय वाणिज्य बैंकका अनुसार कृषि उत्पादनमा क्षेत्रीय विविधतालाई ध्यानमा राख्दै स्थानीय किसान तथा उद्यमीलाई लक्षित गरेर यो योजना ल्याइएको हो । बैंकका कार्यकारी प्रमुखका अनुसार “देशको आर्थिक विकासमा कृषि क्षेत्रको भूमिका महत्वपूर्ण छ । यसलाई व्यवस्थित र व्यावसायिक बनाउने दिशामा यो योजना प्रभावकारी बन्नेछ ।”

    यस योजनाले ग्रामीण क्षेत्रको रोजगारी, आत्मनिर्भरता र आयआर्जनमा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ । विशेषगरी विदेशिन बाध्य युवाहरूलाई स्वदेशमै अवसर सिर्जना गर्ने र कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने लक्ष्य लिएको बैंकले जनाएको छ ।

    बैंकले इच्छुक व्यक्तिहरूले नजिकको राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयमा सम्पर्क गरेर विस्तृत जानकारी लिन सक्ने व्यवस्था गरेको छ । योजनाबारे जनचेतना फैलाउन बैंकले विभिन्न माध्यमबाट प्रचारप्रसार पनि सुरु गरिसकेको छ ।

    ‘७ प्रदेश ७ उत्पादन’ अभियानले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्नुका साथै राष्ट्रिय आय वृद्धिमा योगदान पुर्‍याउने विश्वास बैंकले लिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend