२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सिटिजन्स बैंकद्वारा दृष्टि फाउण्डेसन नेपाललाई सहयोग


सञ्चार डबली
  • बुधबार, जेठ ७ २०८२
  • 6.3K
    SHARES

  • images
    सिटिजन्स बैंकद्वारा दृष्टि फाउण्डेसन नेपाललाई सहयोग

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लामो समय देखी निरन्तर रुपमा बिभिन्न सहयाेग गर्दै आइरहेकाे दृष्टि फाउण्डेसन नेपाललाई सहयोग प्रदान गरेकाे छ ।

    साे बैंकले मानसिक स्वास्थ्य समस्याबाट पीडित र परिवारविहीन महिलाहरू र उनका बालबालिकाहरूको लागी राम्राे काम गर्दै आएको सुदूरपश्चिम प्रदेशको धनगढी अवस्थित दृष्टि फाउण्डेसन नेपाललाई सहयोग प्रदान गरेको हाे ।

    विभिन्न दाताबाट प्राप्त सहयोगबाट संचालन भइरहेको र करिब ६५ जना महिला र उनका बालबालिकाहरू लाई सहयोग गरिरहेकोे सो संस्थालाई बैंकले करिब २ महिना सम्म लाई पुग्ने गरी सरसफाइ तथा उपभोग्य सामग्रीहरू उपलब्ध गराएको छ ।

    संस्थामा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलज्यूले सहयोग स्वरुप महिलाहरू र उनका बालबालिकाहरुलाई सामाग्रीहरु हस्तान्तरण गरेका  छन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले संस्थालाई सानै भएपनि सहयोग गर्न पाउँदा आफूलाई धेरै खुशी महशुस भएको कुरा व्यक्त गरेका छन् ।

    संस्था तथा त्यहाँ रहेका बालबालिकाहरुको उत्तरोत्तर प्रगतिको कामना गर्दै उनले यस्ता संस्थाहरुले मानसिक स्वास्थ्य समस्याबाट पीडित र परिवारविहीन महिलाहरू र उनका बालबालिकाहरूको हेरचाहको लागि समाजमा उदाहरण बसाइरहेको कुरा पनि व्यक्त गरे । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएको छ ।

    हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोन-पेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड ”(भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ ।

    साथै मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ ।

    सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा एटिएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख ९१ हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend