२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेप्से २७ सय ७१ विन्दु पुगेर फर्कियो, कारोबार रकम साढे १० अर्ब नाघ्यो


सञ्चार डबली
  • बुधबार, जेठ ७ २०८२
  • 6.0K
    SHARES

  • images
    नेप्से २७ सय ७१ विन्दु पुगेर फर्कियो, कारोबार रकम साढे १० अर्ब नाघ्यो


    काठमाडौं । हिजो उच्च अङ्कले बढेको शेयर बजार आज भने घटेको छ । नयाँ गभर्नर नियुक्तिपछिको पहिलो दिन शेयर बजार परिसूचक नेप्से ‘प्रि–ओपनिङ’ मा ३७ दशमलव ७९ अङ्कले बढे पनि बन्द हुने बेलामा भने घटेको हो ।

    नेप्से ७ दशमलव ९४ अङ्कले घटेर २ हजार ६ सय ६९ दशमलव ५१ विन्दुमा झरेको छ । नेप्से दिउँसो ११ बजेर ३ मिनेटमा २ हजार ७ सय ७१ विन्दुसम्म पुगेको भए पनि टिक्न सकेन ।

    आज बैंक, विकास बैंक र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा जलविद्युत् समूहको शेयर १ प्रतिशतले ओरालो लागेको छ ।

    आज श्वेत–गङ्गा हाइड्रोपावर एन्ड कन्स्ट्रक्शन कम्पनीको शेयर ८ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन ओम मेगाश्री फर्मास्युटिक्लस कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

    आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ७ अर्ब ३१ करोडको कारोबार भएकोमा आज ३ सय १६ वटा कम्पनीका २ करोड ३० लाख कित्ता शेयर १० अर्ब ६९ करोड रुपैयाँमा किनबेच भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend