२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नवनियुक्त गभर्नर प्रा.डा. विश्वनाथ पौडेलद्वारा पदभार ग्रहण, वित्तीय क्षेत्र गतिशील बनाउने मुख्य चुनौती


सञ्चार डबली
  • बुधबार, जेठ ७ २०८२
  • 6.7K
    SHARES

  • images
    नवनियुक्त गभर्नर प्रा.डा. विश्वनाथ पौडेलद्वारा पदभार ग्रहण, वित्तीय क्षेत्र गतिशील बनाउने मुख्य चुनौती

     

    काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले पदभार ग्रहण गरेका छन् । आज शपथग्रहणलगत्तै बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयमा पुगेर गभर्नर पौडेलले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्न राष्ट्र बैंक पुगेका गभर्नर पौडेललाई राष्ट्र बैंकका कमर्चारीहरूले स्वागत गरेका थिए । 

    अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिले हिजो डा.पौडेल, कायममुकायम गभर्नर नीलम ढुंगाना तिम्सिना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिश गरेको थियो ।  मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको गभर्नरमा पौडेललाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

    सत्ता साझेदार दलबीच झन्डै डेढ महिना लामो रस्साकस्सीपछि राष्ट्र बैंकमा गभर्नर नियुक्त भएको हो । अर्थशास्त्री पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पनि हुन् । अर्थतन्त्रमा देखिएको चुनौतीकाबीच पौडेल १८औँ गभर्नर नियुक्त भए  ।

    यससँगै सत्तासाझेदार कांग्रेस–एमालेबिचको अविश्वासको गाँठो पनि केही खुकुलो भएको छ । अब नवनियुक्त गभर्नर पौडेलका सामु वित्तीय क्षेत्र गतिशील बनाउने अनि राष्ट्र बैंकको गिरेको छवि सुधार गर्नु मुख्य चुनौती रहेको विज्ञले बताएका छन् । नवनियुक्त गभर्नर पौडेलले आफ्नो पहिलो प्राथमिकता मौद्रिक नीति तथा उपकरणमार्फत् अर्थतन्त्र सुधारलाई अगाडी लैजाने बताए । 
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend