२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

प्रभु बैंककी निर्देशक लामिछानेद्वारा स्रोतको चरम दुरुपयोग, विज्ञापनवापत लिन्छिन् मासिक ५ लाख ६५ हजार रुपैयाँ


सञ्चार डबली
  • बुधबार, जेठ ७ २०८२
  • 8.1K
    SHARES

  • images
    प्रभु बैंककी निर्देशक लामिछानेद्वारा स्रोतको चरम दुरुपयोग, विज्ञापनवापत लिन्छिन् मासिक ५ लाख ६५ हजार रुपैयाँ

    काठमाडौं, जेठ ७ । प्रभु बैंक लिमिटेडकी निर्देशक अम्बिका शर्मा लामिछानेले बैंकको आन्तरिक साधन स्रोतको चरम दुरुपयोग गरेकी छन् । हामीलाई प्राप्त प्रमाणअनुसार, लामिछानेले आफ्नो नेपालखोज डटकम नामक अनलाइन पोर्टलमार्फत बैंकबाट मासिक ५,५७,००० रुपैयाँ अशुल गर्ने गरेकी छन्। पछिल्लो विवरण अनुसार उनको निजी कम्पनी सरस्वती इभेन्ट्स प्रालिका नाममा अप्रिल २५ तारिखमा ६७ नम्बरको बिल भौचरको उक्त रकम १ प्रतिशत टिडीएस कट्टा गरी  बैंकले ५ लाख सन्ताउन्न हजार रुपैयाँ भुक्तानी गरेको देखिन्छ।

    उनले यो रकम अघिल्लो कार्यकाल संचालक हुँदादेखि नै निरन्तर रुपमा लिंदै आएकी छन् । जबकी बैंकको संचालक समिति सदस्यले बैंकबाट बैठक भत्ता बाहेक कुनैपनि सेवा सुविधा लिन नपाईने व्यवस्था छ।

    त्यसैगरी, लामिछानेले बैंकको नाममा रहेको ७१९९ नम्बरको सवारीसाधनलाई व्यक्तिगत प्रयोजनका लागि प्रयोग गरेको गर्दै आएकी छन्। बैंकको औपचारिक कामका लागि प्रयोग हुनुपर्ने सवारी साधन लामिछानेले आफ्नो व्यक्तिगत प्रयोजनमा प्रयोग गरेर बैंकको सम्पत्तिको दुरुपयोग गरेकी छन्।

    बैंकको संचालक बन्नुभन्दा अघि पनि लामिछानेका विरूद नेपाल राष्ट्र बैंकमा उजुरी परेको थियो। लामिछानेले यस अघि पनि बैंककी संचालक थिईन्। उनको आफ्नो निजी आवासमा आत्यघिक महँगो रुपैया लिएर बैंकको एटीएम मेसिन राखिएको थियो। यो एटीएमको भाडा दर र सम्झौताको प्रक्रिया पारदर्शी नरहेको भन्ने विषय सार्वजनिक भएपछि उनले तुरुन्तै एटीएम हटाईन् तर उनीविरुद्दको उजुरीमाथि कारबाही हुन नपाउँदै उनलाई पुन: संचालक नियुक्त गरियो। उनी अघिल्लो पटक संचालक हुँदा पनि पटकपटक नेपाल राष्ट्र बैंकको कारबाहीमा परिसकेकी छन् । यसले बैंकको स्रोतको अनुचित प्रयोग र पारदर्शितामा गम्भीर प्रश्नहरू उब्जाएको छ।

    अझै गम्भीर कुरा त के छ भने, बैंकको संचालक भएर व्यवस्थापकलाई समेत दवावमा राख्दै बैंकबाट अनुचित लिएकी लामिछाने अध्यक्ष बन्ने तयारीमा लागेको बैंक स्रोत बताउँछ। बैंकको संचालक समितिमै रहेर चरम अनियमिततामा संलग्न रहेको आरोप लागेका व्यक्तिहरूको प्रवेशले संस्थाको विश्वसनीयता, पारदर्शिता र सुशासनमा गम्भीर चुनौती उत्पन्न भएको छ।

    बैंकको संस्थागत सुशासन र पारदर्शिता कायम राख्न यस्ता विषयहरूको निष्पक्ष र विस्तृत छानबिन गर्नुपर्ने राष्ट्र बैंकका एक अघिकारी बताउँछन् । उनी भन्छन्, ‘यो त सरासर वित्तीय अपराध हो यदि यस्तो भएको छ भने यथासिघ्र उनलाई बैंकबाट हटाएर कानुनी दायरा ल्याईनुपर्छ।’

    बैंकले पनि पनि सुदृढ भविष्य सुनिश्चित गर्न सुशासन, पारदर्शिता, र जवाफदेहितालाई प्राथमिकतामा राखी यस्ता गम्भीर अपराधको यथाशीघ्र अनुसन्धान गर्नुपर्ने र सत्यतथ्य बाहिर ल्याइ आफ्ना सेयरधनी, ग्राहक, र नियामक निकायहरूको विश्वास पुनः प्राप्त गर्नुपर्ने उनको भनाइ छ ।

    यस बिषयमा नेपाल राष्ट्र बैंकले बैंकको नियमित सुपरिवेक्षण चलिरहेकोले छानविन गरी आवश्यक करबाही गर्ने जनाएको छ । तर लामिछानेले भने उक्त अनलाइन पोर्टल आफ्नो छोरा सुवास शर्माको भएको र अरु कसैकोमा नामसारी गर्न नभ्याएको बताएकी छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend