२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नयाँ नोटमा अब यस्तो हुनेछ गभर्नरको हस्ताक्षर


सञ्चार डबली
  • बुधबार, जेठ ७ २०८२
  • 6.1K
    SHARES

  • images
    नयाँ नोटमा अब यस्तो हुनेछ गभर्नरको हस्ताक्षर

    काठमाडौं, जेठ ७ । रिक्त भएको झण्डै डेढमहिनापछि राष्ट्र बैंकले नयाँ गभर्नर पाएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डा. विश्वनाथ पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो।

    गएको चैत २४ गते महाप्रसाद अधिकारी अवकास भएसँगै गभर्नर रिक्त भएको थियो। गभर्नर रिक्त हुनु एक महिनापहिले नै सिफारिस हुनु पर्ने भए पनि डेढमहिनापछि सिफारिस भएर सिफारिस भएको केही घण्टामै सरकारले नियुक्त गरेको हो। 

    १८ औँ गभर्नर बनेका पौडेलले अब छपाइ हुने नयाँ नोटमा हस्ताक्षर गर्ने छन्। मंगलबार नै बसेको उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले पौडेलसहित तीन जनाको नाम सिफारिस गरेको थियो। 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend