२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

प्रेम दरबार होटलको जिपलाइन टिकटमा आइएमई लाइफ इन्स्योरेन्समा आबद्धलाई ५० प्रतिशत छुट


सञ्चार डबली
  • मंगलबार, जेठ ६ २०८२
  • 5.0K
    SHARES

  • images
    प्रेम दरबार होटलको जिपलाइन टिकटमा आइएमई लाइफ इन्स्योरेन्समा आबद्धलाई ५० प्रतिशत छुट

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब प्रेम दरबार होटलको जिपलाइनको टिकटमा ५० प्रतिशत छुट हुने भएको छ ।
    कम्पनी र होटलबिच भएको सम्झौतामा आइएमई लाइफ इन्स्योरेन्समा आबद्धलाइ जिपलाइन सेवामा ५० प्रतिशत र होटलका सम्पूर्णसेवामा ३५ प्रतिशत छुट प्राप्त हुने भएको हो ।

    उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन भने अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छुट सुविधाको लाभ लिन सक्नेछन् । छुट सुविधा लिनका लागि प्रेम दरबार होटलको टिकट काउन्टरमा गई जिपलाइनको टिकट खरिद गर्नुपर्नेछ । उक्त सुविधालाई प्रभावकारी बनाउन कम्पनीले प्रिभिलेज कार्ड जारी गरी सेवालाइ सहज र स्तरीय बनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend