२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

एभरेष्ट बैंक लिमिटेडको १३२औँ शाखा सिन्धुलीमा, अत्याधुनिक, सरल र सहज बैंकिङ्ग सुविधा लिन सकिने


सञ्चार डबली
  • मंगलबार, जेठ ६ २०८२
  • 5.1K
    SHARES

  • images
    एभरेष्ट बैंक लिमिटेडको १३२औँ शाखा सिन्धुलीमा, अत्याधुनिक, सरल र सहज बैंकिङ्ग सुविधा लिन सकिने

    मंगलवार, जेठ ६ २०८२
    एभरेष्ट बैंकले आफ्नो शाखा विस्तारको क्रममा मिति २०८२ साल जेठ ५ गते बागमती प्रदेशको सिन्धुली जिल्ला अन्तर्गत कमलामाई नगरपालिका वडा नं ६ मा आफ्नो १३२औँ शाखा विस्तार गरेको छ । यो शाखासँगै बागमती प्रदेशमा बैंकको शाखा संख्या ४७ पुगेको छ । यस शाखाको विस्तारसँगै सिन्धुलीवासीले अत्याधुनिक, सरल र सहज बैंकिङ्ग सुविधा लिनसक्ने विश्वास बैंकले गरेको छ ।

    कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेल र बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यबाट संयुक्त रुपमा उद्घाटित सो समारोहमा कमलामाई नगरपालिका वडा नं ६ का वडाध्यक्ष उज्वल कुमार थापा, सिन्धुली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष देव नारायण श्रेष्ठ, प्रहरी नायव उपरीक्षक सूर्य प्रकाश सुबेदी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ तथा बैंकका कर्मचारीहरूलगायत स्थानीयवासीको उत्साहजनक उपस्थिती रहेको थियो ।

    सो उद्धघाटन समारोहमा कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेलले बैंकको उपस्थितीसँगै बैंकले गुणस्तरीय सेवा, सुविधा र सन्तुलित लगानी गर्ने विश्वास प्रकट गरे ।

    साथै बैंकका सञ्चालक समितिका अध्यक्ष डा. वैद्यले एभरेष्ट बैंकको शाखा कार्यालय सिन्धुलीमा सञ्चालनमा आएसँगै यहाँका बासिन्दाहरूलाई सबल, सरल, उत्कृष्ट साथै अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने प्रतिवद्धता व्यक्त गरे । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend