२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

 सुनचाँदीको मूल्य वृद्धि, कति पुग्यो तोलाको ?  


सञ्चार डबली
  • शुक्रबार, जेठ २ २०८२
  • 7.3K
    SHARES

  • images
     सुनचाँदीको मूल्य वृद्धि, कति पुग्यो तोलाको ?  

    काठमाडौं । आज स्थानीय बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । बुधबारको तुलनामा बिहीबार उच्च घटेको सुनचाँदीको मूल्य आज पुनः बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका आज सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँ कायम भएको छ । जुन बिहीबारको तुलनामा प्रतितोला ३ हजार रुपैयाँले बढेको हो ।

    यसअघि बुधबारको तुलनामा बिहीबार प्रतितोला ३ हजार ५ सय रुपैयाँले घटेको थियो । बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ८१ हजार ८ सय रुपैयाँ थियो ।महासंघका अनुसार आज चाँदीको मूल्य भने प्रतितोला १ हजार ९ सय ४५ रुपैयाँ छ । 

    यसअघि बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय २५ रुपैयाँ थियो । जसको आधारमा आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँको दरले बढेको महासंघले जनाएको छ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंश ३ हजार २२० डलरमा किनबेच भइरहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend