२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

१५ अर्ब लगानीमा ९० मेगावाटको मस्र्याङ्दी जलविद्युत् आयोजना निर्माण हुने


सञ्चार डबली
  • बिहीबार , जेठ १ २०८२
  • 5.7K
    SHARES

  • images
    १५ अर्ब लगानीमा ९० मेगावाटको मस्र्याङ्दी जलविद्युत् आयोजना निर्माण हुने

    काठमाडौं, जेठ १ । कुमारी बैंकको नेतृत्वमा मर्स्याङ्दी नदीमा एमए पावर प्रालिले निर्माण गर्ने ९० मेगावाटको मर्स्याङ्दी नदी अर्ध जलाशययुक्त जलविद्युत् आयोजनामा निर्माण हुने भएको छ । आयोजना निर्माणको लागी कुमारी बैकको अगुवाइमा  वैशाख ३१ गते लगानी सम्बन्धी सम्झौता भएको हो ।

    गोरखा जिल्लाको पालुङटार नगरपालिका, लमजुङ जिल्लाको राईनास नगरपालिका र तनहुँ जिल्लाको भानु नगरपालिका भएर बग्ने मर्स्याङ्दी नदीमा एमए पावर प्रालिले निर्माण गर्ने ९० मेगावाटको मर्स्याङ्दी नदी अर्ध जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ ।

    लगानी सम्झौता एमए पावर प्रालिका अध्यक्ष अनुप आचार्य र कुमारी बैकका प्रमुख व्यवसाय अधिकृत क्षितिज खड्काको उपस्थितिमा कुमारी बैक, प्रभु बैक, सिद्धार्थ बैक, कृषि विकास बैक, सानिमा बैंक, कर्मचारी सञ्चय कोष, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक तथा साङ्ग्रिला डेभलपमेन्ट बैंकको जम्मा १५ अर्ब १८ करोड ७५ लाखको संयुक्त लगानीमा आयोजना निर्माण हुने गरी ऋण सम्झौता सम्पन्न भएको छ ।

    सो पुँजी लगानी तर्फ अनुप आचार्य, हरिबाबु न्यौपाने र दीपक बरालको हुनेछ । साथै डोल्मा इम्पाक्ट फन्डले पनि कम्पनीमा संस्थापक सेयरको ४९ प्रतिशत सम्म स्वपुँजी लगानी रहने कम्पनीका अध्यक्षले बताए । यही समूहबाट हाल सेती खोला हाइड्रोपावर मार्फत सेती खोला जलविद्युत आयोजना २२ मे.वा. निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।

    आयोजनाको नेपाल बिद्युत् प्राधिकरण सँग २०८० साल कार्तिक ०१ गते बिद्युत् खरिद बिक्री सम्झौता सम्पन्न भई व्यापारिक उत्पादन सुरु गर्नु पर्ने मिति २०८६ साल वैशाख २२ रहेको छ ।

    आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृतिका लागी सम्बन्धित निकायमा अन्तिम चरणमा रहेको कम्पनीका अध्यक्षले बताए । आयोजनाबाट उत्पादित विद्युत् विद्युत् गृहदेखि २२० केभी सिङ्गल सर्किट प्रसारण लाइनमार्फत ११.६ किलोमिटर दूरीमा नेपाल बिद्युत् प्राधिकरणको मार्किचोक सब–स्टेसनमा २२०/१३२ केभी मा जोडिने छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend