२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

एनआईसी एशिया बैंकको ग्राहकहरूलाई प्यान अद्यावधिक गर्न अनुरोध


सञ्चार डबली
  • बिहीबार , जेठ १ २०८२
  • 5.5K
    SHARES

  • images
    एनआईसी एशिया बैंकको ग्राहकहरूलाई प्यान अद्यावधिक गर्न अनुरोध

    काठमाडौं, जेठ १ । एन आई सी एशिया बैंकले आफ्ना सम्पूर्ण ग्राहकहरूलाई आफ्नो बैंक खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध गरेको छ।

    बैंकले एक प्रेस विज्ञप्ति जारी गर्दै ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरणलाई आयकर ऐन २०५८ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकाले प्यान अद्यावधिक गर्न आग्रह गरेको हो।

    ग्राहकहरूले आफ्नो प्यान बैंकको वेबसाइट panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ्ग एप (NIC ASIA MoBank) मा रहेको “PAN Update” विकल्पमा ट्याब गरी सजिलै अद्यावधिक गर्न सक्नेछन्। साथै, बैंकले ग्राहकहरूलाई आफूलाई पायक पर्ने जुनसुकै शाखा कार्यालयमा गएर पनि प्यान अद्यावधिकको लागि आवेदन दिने व्यवस्था मिलाएको छ।

    बैंकका अनुसार निक्षेपकर्ताहरूको ब्याज भुक्तानीमा काटिएको करलाई E-TDS रेकर्डमा देखाउनको लागि प्यान अनिवार्य छ। प्यान अद्यावधिक भएपछि करकट्टीको विवरण सोही प्यानमा प्रविष्ट हुने हुँदा आयकरको प्रणालीले अनुसूची १० मा स्वचालित रूपमा करकट्टीको विवरण मिलान गर्नेछ। यसले ग्राहकहरूलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुने र बैंकसम्म धाउनुपर्ने अवस्थाको अन्त्य हुने विश्वास बैंकले लिएको छ।

    बैंकले प्यान अद्यावधिक नगराएको कारणले E-TDS मा ब्याजकर दाखिला नभएको र पछि थप समायोजन गर्नुपरेको अवस्थामा बैंक जिम्मेवार नहुने जानकारी पनि गराएको छ।

    यसअघि नै प्यान उपलब्ध गराए पनि करकट्टीको विवरण समावेश नभएमा ग्राहकहरूलाई बैंकको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रको फोन नम्बरहरू १६६०–०१–७७७७१, ०१–५९७०१०१ मा सम्पर्क गरी सेवा लिन अनुरोध गरिएको छ।

    सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) अर्जुन राज खनियाँद्वारा जारी विज्ञप्तिमा ग्राहकहरूलाई यथाशीघ्र आफ्नो प्यान अद्यावधिक गरी बैंकको सेवालाई थप सहज बनाउन सहयोग गर्न आग्रह गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend