२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

जेठ ९ देखि आईपीओ निष्कासन गर्दै सान्भी इनर्जी


सञ्चार डबली
  • बिहीबार , जेठ १ २०८२
  • 5.4K
    SHARES

  • images
    जेठ ९ देखि आईपीओ निष्कासन गर्दै सान्भी इनर्जी

    काठमाडौं ।  सान्भी इनर्जी लिमिटेडले सर्वसाधारणका लागि जेठ ९ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । आयोजना प्रभावित र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ निष्काशन गरिसकेको कम्पनीले सर्वसाधारणका लागि भने ९ गतेदेखि बिक्री खुला गर्ने भएको हो ।

    सर्वसाधारणका लागि २४ लाख १५ हजार ३ सय कित्ता शेयर निष्काशन हुनेछ । नेपाल धितोपत्र बोर्डले ३७ करोड ९० लाख रुपैयाँ बराबरको ३७ लाख ९० हजार कित्ता आईपीओ बिक्री गर्न अनुमति दिएको थियाे । जसमध्ये कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारमा रहेकालाई बिक्री गरेर बाँकी रहेको शेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।

    कम्पनीले ४३.०७ प्रतिशत शेयर सर्वसाधरणमा बिक्री गर्न लागेको हो । उक्त आईपीओमा जेठ १३ गतेसम्म आवेदन दिन सकिने छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend