२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

गरिमा विकास बैंकको नयाँ शाखा स्याङ्जाको विरुवा र अर्जुन चौपारीमा


सञ्चार डबली
  • बुधबार, वैशाख ३१ २०८२
  • 6.2K
    SHARES

  • images
    गरिमा विकास बैंकको नयाँ शाखा स्याङ्जाको विरुवा र अर्जुन चौपारीमा

    बुधवार, बैशाख ३१ २०८२
    काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले बैशाख ३१ गते बुधबारका दिन स्याङ्जा जिल्लाको विरुवा र अर्जुनचौपारीमा २ नयाँ शाखा कार्यालयहरू सञ्चालनमा ल्याएको छ । ग्रामिण भेगदेखि शहरी क्षेत्रसम्म सरल, सुरक्षित एवं गुणस्तरीय बैंकिङ् सेवा प्रवाह गर्दै आइरहेको गरिमा विकास बैंकले एकै पटक दुई स्थानमा शाखा सञ्चालन गरेको हो ।

    विरुवा शाखाको उद्घाटन विरुवा गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर कुँवर र यस विकास बैंकका अध्यक्ष दिलिप प्रताप खाँडले संयुक्त रूपमा गरे । त्यसैगरी, अर्जुनचौपारी शाखाको समुद्घाटन अर्जुनचौपारी गाउँपालिका उपाध्यक्ष सपना गुरूङ र यस विकास बैंकका अध्यक्ष दिलिप प्रताप खाँडले संयुक्त रूपमा गरेका हुन् ।

    उद्घाटन कार्यक्रमहरूमा गाउँपालिका प्रतिनिधिहरू, उद्योग वाणिज्य संघका प्रतिनिधिहरू, स्थानीय व्यापारी, बुद्धिजिवीलगायत सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

    सञ्चालनमा आएका नयाँ शाखा कार्यालयहरूबाट उक्त क्षेत्रका स्थानीय बासिन्दा, व्यवसायिक फर्म/कम्पनी तथा अन्य संघसंस्थाहरूलाई उत्कृष्ट सेवा प्रवाहमा विकास बैंक प्रतिबद्ध रहेको र उक्त क्षेत्रको समग्र आर्थिक विकासमा विकास बैंकले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास विकास बैंकले लिएको छ ।

    हाल, गरिमा विकास बैंक लिमिटेडले देशभर १२५ शाखा कार्यालय, १ एक्स्टेन्सन कार्यालय र ५० एटिएम मेसिनमार्फत करिब ९ लाख ग्राहकहरूलाई बैकिङ् सेवा प्रवाह गर्दै आईरहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend