२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

कुमारी बैंकको अगुवाईमा ९० मेगावाटको मर्स्याङ्दी नदी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन


सञ्चार डबली
  • बुधबार, वैशाख ३१ २०८२
  • 5.4K
    SHARES

  • images
    कुमारी बैंकको अगुवाईमा ९० मेगावाटको मर्स्याङ्दी नदी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन

    बुधवार, बैशाख ३१ २०८२
    कुमारी बैंक लिमिटेडको अगुवाईमा ९० मेगावाटको मर्स्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजना बन्ने भएको छ । गोरखा जिल्लाको पालुङटार नगरपालिका, लमजुङ जिल्लाको राईनास नगरपालिका र तनहुँ जिल्लाको भानु नगरपालिका भएर बग्ने मस्र्याङ्दी नदीमा एम.ए. पावर प्रा.लि.ले निर्माण गर्ने उक्त आयोजना निर्माणका लागि बुधबार एक कार्यक्रमबिच लगानी सम्झौता भएको हो ।

    एम.ए. पावर प्रा.लि.का अध्यक्ष अनुप आचार्य र कुमारी बैंक लिमिटेडका प्रमुख व्यवसाय अधिकृत क्षितिज खड्काको उपस्थितिमा लगानी सम्झौता भएको हो । सो आयोजनामा कुमारी बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड, सिद्धार्थ बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड, सानिमा बैंक लिमिटेड, कर्मचारी सञ्चय कोष, गरिमा विकास बैंक लिमिटेड, लुम्बिनी विकास बैंक लिमिटेड तथा सांग्रिला डेभलपमेन्ट बैंकको १५ अर्ब १८ करोड ७५ लाखको संयुक्त लगानी रहने ऋण सम्भौता भएको कुमारी बैंकले जनाएको छ ।

    स्वपुँजी लगानीतर्फ अनुप आचार्य, हरिबाबु न्यौपाने र दिपक बरालको हुनेछ । साथै, डोल्मा इम्पाक्ट फण्डले पनि कम्पनीमा संस्थापक सेयरको ४९ प्रतिशत सम्म स्वपुँजी लगानी रहने कम्पनीका अध्यक्षले बताएका छन् । सोही समूहबाट हाल सेतीखोला हाईड्रोपावर लिमिटेडमार्फत सेतीखोला जलबिद्युत आयोजना २२ मे.वा. निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।

    आयोजनाको नेपाल विद्युत प्राधिकरणसँग २०८० साल कार्तिक ०१ गते विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भई व्यापारिक उत्पादन शुरु गर्नुपर्ने मिति (RCOD) २०८६ साल बैशाख २२ रहेको छ ।

    आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए) स्वीकृतिका लागी सम्बन्धित निकायमा अन्तिम चरणमा रहेको कम्पनीका अध्यक्षले बताएका छन् ।

    आयोजनाबाट उत्पादित विद्युत् विद्युत्गृहदेखि २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ११.६ किलोमिटर दूरीमा नेपाल बिद्युत प्राधिकरणको मार्किचोक सब–स्टेशनमा २२०/१३२ केभीमा जोडिनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend