२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर, आज सार्वजनिक गरिने


सञ्चार डबली
  • सोमबार, वैशाख २९ २०८२
  • 5.0K
    SHARES

  • images
    अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर, आज सार्वजनिक गरिने


    काठमाडौं । स्वीट्जरल्याण्डको जेनेभामा अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर भएको छ । जेनेभामा दुई दिने वार्तापछि दुई देशबीच यो सम्झौता भएको हो । यो चीनसँग चलिरहेको व्यापार युद्धको बीचमा राष्ट्रपति डोनाल्ड ट्रम्पको लागि ठूलो जीत मानिएको छ।

    ह्वाइट हाउसले मे ११ मा एक विज्ञप्तिमा चीन व्यापार सम्झौताको घोषणा गर्‍यो। यद्यपि ह्वाइट हाउसले यसको विवरण दिएको छैन। चिनियाँ उपप्रधानमन्त्री हे लिफेङले सोमबार जेनेभामा संयुक्त वक्तव्य जारी गर्ने बताए।

    यसै क्रममा उप वाणिज्य मन्त्री ली चेङगाङले यो विश्वका लागि खुसीको खबर हुने बताए । अमेरिकी अधिकारीहरूले यसलाई व्यापार घाटा कम गर्ने सम्झौताको रूपमा वर्णन गरेका छन जबकि चिनियाँ अधिकारीहरूले भने कि दुई पक्ष महत्त्वपूर्ण सहमतिमा पुगेका छन् र नयाँ आर्थिक वार्ता सुरु गर्न सहमत भएका छन्।
     
    गत महिना ट्रम्पले चिनियाँ सामानमा १४५ प्रतिशत कर लगाएका थिए, जसको बदलामा चीनले पनि अमेरिकी सामानमा १२५ प्रतिशतसम्म कर लगाएको थियो । जसका कारण विश्वका दुई ठूला अर्थतन्त्र बीचको वार्षिक ६०० अर्ब डलरको व्यापार लगभग ठप्प हुनेवाला थियो ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend