२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

चैतमा वाणिज्य बैंकहरूको नाफामा गिरावट, ५ वटाको मात्र बढ्यो


सञ्चार डबली
  • आइतबार, वैशाख २८ २०८२
  • 6.5K
    SHARES

  • images
    चैतमा वाणिज्य बैंकहरूको नाफामा गिरावट, ५ वटाको मात्र बढ्यो

    काठमाडौं । चैत महिनामा वाणिज्य बैंकहरूको नाफामा गिरावट आएको छ ।चैत महिनामा मात्रै १३ बैंकको नाफा घटेको छ।फागुन महिनासम्म वाणिज्य बैंकहरूको खुद नाफा ४३ अर्ब ४९ करोड रुपैयाँ रहेकोमा चैतमा आइपुग्दा यस्तो नाफा ५.०९ प्रतिशतले घटेर ४१ अर्ब २८ करोडमा झरेको हो ।

    कर्जा प्रवाह हुन नसक्नु र ब्याजदर घटेर तल्लो सिमामा आइपुग्नुले बैंकको नाफामा नकारात्मक असर गरिरहेको थियो । आम्दानी संकुचित बनिरहेकै बेला वाणिज्य बैंकहरूको खराबकर्जा बढ्दा त्यसको असर बैंकको नाफामा देखिएको हो ।पछिल्लो एक महिनामै हिमालयन बैंकको नाफा ७० प्रतिशतले घटेको छ ।

    फागुन मसान्तसम्म हिमालयन बैंकको नाफा १ अर्ब ६६ करोड रुपैयाँ थियो भने चैतमा भने घटेर नाफा ५० करोडमा आइपुगेको हो ।हिमालयन बैंककोे खराबकर्जा वाणिज्य बैंकहरू मध्येकै धेरै छ। चैत मसान्तसम्म बैंकको खराबकर्जा ७.६८ प्रतिशतमा पुगेको छ । त्यस्तै, चैतमा एनआइसी एसिया बैंकको नाफा पनि ६६ करोडले घटेको छ। फागुन महिनमा बैंकले ८१ करोड नाफा गरेको थियो भने चैतमा उक्त नाफा घटेर १५ करोडमा झरको हो ।

    यसैगरी, चैत मसान्तसम्म नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबीआई बैंक, माछापुच्छ्रे बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, सिद्धार्थ बैंक, सिटिजन्स बैंक र प्राइम बैंकको पनि नाफा घटेको छ ।

    नेपाल बैंकको नाफा २ अर्ब ७८ करोड, राष्ट्रिय वाणिज्य बैंकको नाफा १ अर्ब २० करोड, नेपाल एसबीआई बैंकको नाफा १ अर्ब २० करोड, माछापुच्छ्रे बैंकको नाफा १ अर्ब १० करोड रहेको छ । त्यसैगरी, कुमारी बैंकको नाफा २८ करोड, लक्ष्मी सनराइज बैंकको१ अर्ब ६५ करोड, सिद्धार्थ बैंकको नाफा १ अर्ब १६ करोड, सिटिजन बैंकको ९६ करोड, प्राइम बैंकको २ अर्ब २२ करोड, एनएमबी बैंकको २ अर्ब ३७ करोड र प्रभु बैंकको नाफा १ अर्ब ८७ करोड रहेको छ।चैत महिनामा ५ वटा मात्रै बैंकको भने नाफा बढेको छ । नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, एभरेष्ट बैंक, कृषि विकास बैंक र ग्लोबल आईएमई बैंकको नाफामा भने सुधार देखिएको छ ।

    चैत महिनामा नबिल बैंकको नाफा ५ अर्ब ५ करोड, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ४ अर्ब ५४ करोड, एभरेस्ट बैंकको ३ अर्ब ४५ करोड, कृषि विकास बैंकको १ अर्ब ८४ करोड र ग्लोबल आईएमई बैंकको नाफा ४ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ ।

    फागुन महिनाको तुलनामा चैत मसान्तसम्म १३ वाणिज्य बैंकको नाफा घट्दा ५ वाणिज्य बैंकले नाफा बढाएका हुन् । नाफा घटबढ नहुनेमा भने स्ट्यान्डर्ड चार्टर्ड बैंक र सानिमा बैंक रहेका छन् । स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा २ अर्ब १७ करोड र सानिमा बैंकको नाफा १ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend