२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सिफारिस समिति नै अर्को बनाइने, गभर्नरमा विश्व पौडेलको नाम प्रस्ताव गरिने


सञ्चार डबली
  • आइतबार, वैशाख २८ २०८२
  • 5.3K
    SHARES

  • images
    सिफारिस समिति नै अर्को बनाइने, गभर्नरमा विश्व पौडेलको नाम प्रस्ताव गरिने

    काठमाडौं, वैशाख २८ । गभर्नर सिफारिस समितिका दुई सदस्य नै नयाँ राखेर गभर्नरमा विश्व पौडेलको नाम सिफारिस गर्ने तयारी भएको छ । शनिबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस र एमालेका शीर्ष नेताको बैठकले विश्व पौडेललाई गभर्नरमा सिफारिस गर्ने निष्कर्ष निकालेका थिए ।

    पौडेलको नाम कांग्रेसले प्रस्ताव गरेको हो । पौडेल यसअघिको निर्वाचनमा चितवनबाट प्रतिनिधिसभाका लागि प्रतिष्पर्धामा थिए ।

    “हामीले गुणाकर भट्टलाई नै बनाउन खोजेका हौँ, तर सिंगो कांग्रेस लाग्दा पनि सकिएन,” कांग्रेसका एक पदाधिकारीले भने, “कामु गभर्नर निलम ढुंगानाले सबै काम गर्नुभएको छ तर सार्वजनिक रुपमा नै मैले राजीनामा स्वीकृत गर्दिन भनेर अडान राख्नुभयो । एकजना व्यक्तिका विरुद्ध यसरी लाग्नुहुँदैन थियो । अब भट्टलाई उहाँले आउनै नदिने भएपछि गभर्नर खाली राख्ने कुरा पनि भएन । त्यसैले विश्व पौडेलको नाम सिफारिस गरिएको हो ।”

    ती पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीले नै बोलाएर ढुंगानालाई अनुरोध गर्दा पनि नमानेको दाबी गरे ।

    “प्रधानमन्त्रीले नै बोलाएर भन्दा पनि निलमले मानिनन्,”ती पदाधिकारीले भने, “बाहिरै भनिन् स्वीकृति गर्दिनन् भनेर । तर सबै कागजात स्वीकृत गरेकी छन् । यसले राम्रो सन्देश गएन ।”

    उनले अहिलेसम्मको अवस्थामा विश्व पौडेलको नाम सिफारिस गरिएको बताउँदै भने, “शतप्रतिशत त कसरी भन्न सकिन्छ र ? सिंगो पार्टी नै लाग्दा पनि भट्टलाई बनाउन सकिएन । तर विश्व पनि विवादमा नआएका व्यक्ति हुन् । उनलाई बनाउनुपर्छ भनेर हामीले नाम प्रस्ताव गरेका छौँ ।”

    पौडेल सिफारिस समितिमै रहेका कारण राजीनामा गर्न लगाएर थप दुई जना सदस्य राख्ने तयारी गरिएको उनले जानकारी गराए ।

    “विजयनाथ भट्टराईले राजीनामा दिनुभयो, महाप्रसाद अधिकारीको नाम प्रस्ताव गर्‍यौँ तर अदालतमा मुद्दा पर्‍यो,” उनले भने, “अब अदालतबाट निर्णय आउन समय लाग्न सक्छ । त्यसैले नयाँ दुईजना सदस्य राखेर अर्थमन्त्रीको टिमले विश्व पौडेलको नाम सिफारिस गर्ने तयारी भएको छ ।”

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend