२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

एनएमबि बैंकको ऋण लगानी अगुवाईमा २४.८ मेगावाट क्षमताको बज्र मादी जलविद्युत आयोजना निर्माण हुने


सञ्चार डबली
  • शनिबार, वैशाख २७ २०८२
  • 5.8K
    SHARES

  • images
    एनएमबि बैंकको ऋण लगानी अगुवाईमा २४.८ मेगावाट क्षमताको बज्र मादी जलविद्युत आयोजना निर्माण हुने
    काठमाडौं । एनएमबि बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड तथा बज्र इनर्जी भेन्चर्स प्रा. लि. बीच २४.८ मेगावाट क्षमताको कास्की जिल्ला, मादी गाउँपालिकामा अवस्थित बज्र मादी जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ । यस आयोजनामा एनएमबि बैंक अगुवा बैंक रहने छ । २४.८ मेगावाट क्षमता रहेको बज्र मादी जलविद्युत आयोजनाको करिब लागत  ५ अर्ब ३५ करोड रहने जानकारी गराईएको छ भने बैंक तथा वित्तीय संस्थाहरुको ऋण लगानी  ३ अर्ब ७४ करोड ५० लाख रहनेछ । एनएमबि बैंक लि.ले हालसम्म ५० वटा भन्दा बढी जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।
     
    NMB Bank Closure 1.jpg

     

    त्यसैगरी, सोही समूहबाट लगानी गरेको भिजन लुम्बिनी ऊर्जा कम्पनीद्वारा कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका तथा पोखरा महानगरपालिकामा प्रबद्र्वित २५ मेगावाट क्षमता रहेको सेती नदी जलविद्युत आयोजना वि.स. २०८१ साल कार्तिक २७ गते मध्यान्ह १२ बजे देखि व्यापारिक उत्पादन सुरु भएको जानकारी गराइयो । उक्त आयोजना एनएमबि बैंक लि. को अगुवाईमा कर्माचारी सञ्चय कोष तथा कृषि विकास बैंक लि. ले ऋण लगानी गरेको छ ।
     
    नेपाल राष्ट्र बैंकबाट जारी Environmental and Social Risk Management, 2022  को निर्देशन अनुसार एनएमबि बैंकले वातावरणीय तथा सामाजिक नीति (Environmental and Social Policy) तयार पारी त्यस बमोजिम बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली (Environmental and Social Management System)  लागु गरिसकेको छ ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend