२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप


सञ्चार डबली
  • शुक्रबार, वैशाख २६ २०८२
  • 6.4K
    SHARES

  • images
    नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

    काठमाडौं, वैशाख २६ । नबिल बैंकले नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्डको योजनाको म्याद थप गरेको छ । ग्राहकको उत्साहजनक सहभागिता तथा प्रतिक्रियापछि योजनाको म्याद थप गरिएको बैंकले जनाएको छ । नयाँ वर्षको अवसरमा सुरु गरिएको यो योजना अब असारमसान्तसम्म लागू हुनेछ ।  

    यस योजनाअन्तर्गत क्रेडिट कार्ड लिनका लागि कुनै पनि प्रवेश शुल्क, वार्षिक शुल्क तथा सदस्यता शुल्क तिर्नुपर्दैन । क्रेडिट कार्ड लिनका लागि ग्राहकले घर वा कार्यालय जहाँबाट पनि आवेदन दिन सक्नेछन् भने आफुलाई पायक पर्ने घर वा कार्यालयमा प्राप्त गर्र्न सक्नेछन् ।  

    यो योजनाले आधुनिक बैंकिङलाई प्रवद्र्धन गर्नुका साथै वर्षैपिच्छे लाग्ने सेवा शुल्कबाट ग्राहकलाई मुक्त गर्नेमा बैंक विश्वस्त रहेकोे छ ।'Buy now, pay later' मार्फत ग्राहकले क्रेडिट कार्डको प्रयोग गरेर शुन्य ब्याजदरमा सामान खरिद गर्र्न सक्नेछन् भने विभिन्न आउटलेटमा छुट पनि प्राप्त गर्न सक्नेछन् । ग्राहकले नबिल बैंंकको शाखामा गइ यसबारे थप जानकारी लिन तथा लाइफटाइम प्रिः क्रेडिट कार्डका लागि आवेदन दिन सक्नेछन् । साथै अनलाइनमार्फत पनि आवेदन पनि दिन सक्ने जनाइएको छ ।  

    नबिल बैंक देशभरिको २६८ शाखा र ३२० एटीएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend