२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

६१ अंकले बढ्यो नेप्से परिसुचक, साढे १० अर्बको कारोबार


सञ्चार डबली
  • बुधबार, वैशाख २४ २०८२
  • 6.8K
    SHARES

  • images
    ६१ अंकले बढ्यो नेप्से परिसुचक, साढे १० अर्बको कारोबार

    काठमाडौं । धेरै पछि सेयर बजारमा उछाल देखिएको छ । बुधबार नेप्से ६१ अंकले बढेर परिसुचक २६७२ विन्दुमा पुगेर रोकियो ।यसदिन २ करोड ७३ लाख कित्ता सेयर किनबेच हुँदा १० अर्ब ५१ करोडको कारोबार भयो ।कारोबारमा आएका २२७ कमपनीको सेयर बढेको छ भने १८ कम्पनीको सेयर घट्दा एक कम्पनी स्थिर रहेको छ ।

    कारोबारका आधारमा यसदिन सानिमा माइ हाइड्रोपावर, ङादी ग्रुप, राधि विद्युत, युनिर्भसल पावर कम्पनी, सिंगटी हाइड्रोपावर अगाडी रहे । ती कम्पनीले ४० करोड माथिको कारोबार गरे ।

    यस्तै आज नेपाल माइक्रो इन्सुरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्स कम्पनीमा सकारात्मक सर्किट लाग्यो भने ४ कम्पनीको सेयर मूल्य ९ प्रतिशतले बढ्यो । घट्ने मा न्यादी हाइड्रोपावर अगाडी रह्यो ।

    यसदिन सबै इन्डेक्स बढेका छन् । सबै भन्दा धेरै फाइनान्स समुह बढेको छ । जुन ५.५५ प्रतिशतले बढ्यो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend