२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

मुक्तिनाथ विकास बैंकद्वारा स्टार्ट अप र नयाँ उद्यमीहरु केन्द्रीत वित्तीय साक्षरता कार्यक्रम आयोजना


सञ्चार डबली
  • मंगलबार, वैशाख २३ २०८२
  • 5.4K
    SHARES

  • images
    मुक्तिनाथ विकास बैंकद्वारा स्टार्ट अप र नयाँ उद्यमीहरु केन्द्रीत वित्तीय साक्षरता कार्यक्रम आयोजना

    काठमाडौँ, वैशाख २३ । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत स्र्टाट अप र नयाँ उद्यमीहरु केन्द्रीत विशेष वित्तीय साक्षरतामूलक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको उद्देश्य उद्यमीहरुलाई वित्तीय व्यवस्थापन, बैंकिङ सेवाको पहुँच, व्यवसायिक योजना तयारी,बजार व्यवस्थापनका रणनीति तय गर्ने,व्यक्तिगत बजेट,नगद प्रवाह,कर्जा परिचालन तथा ग्राहकको अधिकार लगायतका विषयबस्तुहरुमा साक्षर गराउनु थियो ।

    यस कार्यक्रममा २६ जना स्र्टाटअप तथा युवा उद्यमीहरुको उत्साहजनक सहभागीता रहेको थियो । यस कार्यक्रममार्फत उद्यमीहरुलाई वित्तीय ज्ञानको प्रयोग गरेर व्यापार, व्यवसायलाई अझ दिगो बनाउने मार्गदर्शन मिल्ने बैंकको विश्वास छ । नेपाली युवाहरुलाई सशक्त बनाई बैंकले सामाजिक उत्तरदायित्व आत्मसाथ गरेको बैंकको धारणा रहेको छ ।

    बैंकले हालै ‘मोवाईल एक फाइदा अनेक’ लिन सक्ने ‘मुक्तिनाथ फाइदा एप’ सञ्चालनमा ल्याएको छ । त्यसै गरी मोबाईल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend