२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

दराज नेपालद्वारा ५.५ बेस्ट प्राइस, बेस्ट डिल अभियानको घोषणा


सञ्चार डबली
  • सोमबार, वैशाख २२ २०८२
  • 6.2K
    SHARES

  • images
    दराज नेपालद्वारा ५.५ बेस्ट प्राइस, बेस्ट डिल अभियानको घोषणा


    काठमाडौं । अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले, ५.५ बेस्ट प्राइस, बेस्ट डिल अभियानको घोषणा गरेको छ । ७५ प्रतिशत सम्मको छुट, निःशुल्क होम डेलिभरी र १ करोड रुपैयाँ बराबरको भौचर सहितको यो विशेष अभियान वैशाख २२ देखि २६ गते (मे ५ देखि ९, २०२५) सम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ ।

    अभियान अवधि भर ग्राहकहरूले सिताफिल, ब्राण्डहाउस, ह्रोटो लगायत प्रतिष्ठित ब्रान्डका बिभिन्न उत्पादनहरूमा दैनिक फ्ल्याश सेल मार्फत सबैभन्दा कम मूल्यमा विशेष छुटहरू प्राप्त गर्न सकिनेछ। यी सीमित अवधिका अफरहरू हरेक दिन अपडेट हुने हुँदा, मौकाको उचित फाइदा उठाउनका लागि दराज नेपालले दराज एपको फ्ल्याश सेल सेक्सन नियमित हेर्नु हुन ग्राहकहरू लाई विशेष अनुरोध गरेको छ ।

    साथै, बेस्ट प्राइस ट्याग सहितका उत्पादनहरू खोजेर अझ बढी बचत गर्न सकिने कम्पनीले विज्ञप्ति मार्फत जानकारी दिएको छ । यदि कुनै ग्राहकले सोही उत्पादनलाई नेपालकै अरु कुनै अनलाइन प्लेटफर्ममा निर्धारित भन्दा सस्तो मूल्यमा फेला पार्नुहुन्छ भने, सम्बन्धित सर्तहरू पुरा भएमा दराजले मूल्य अन्तरको दोब्बर रकम फिर्ता दिने बताएको छ ।

    ५.५ को अर्को विशेष पक्ष भनेको, ग्राहकहरूले न्यूनतम ४९९ खर्च गरी चुनिएका विक्रेताहरु बाट उपलब्ध गरिएका उत्पादनहरूमा निःशुल्क डेलिभरी सुविधापनि प्राप्त गर्न सकिनेछ । यसका लागि दराज एपको होमपेजमा रहेको फ्रि डेलिभरी ब्यानरमा क्लिक गरी फ्रि डेलिभरी पेजबाट भौचर संकलन गर्न सकिनेछ ।

    यस अभियान मार्फत दराज नेपालले केवल छुट र बचत मात्र नभई, आफ्ना उपभोक्तालाई उत्कृष्ट अनलाइन किनमेल अनुभव प्रदान गर्ने उद्देश्य लिएको जनाएको छ । स्वास्थ्य तथा सौन्दर्य, फेशन, अडियो तथा वेरेबल्स, फर्निचर, घर सजावट लगायत थुप्रै उत्पादन श्रेणीहरूमा आकर्षक अफरहरू अभियान अवधिभर उपलब्ध गराइनेछन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend