२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

पिठ्युँमा छुरा प्रहार गर्नेलाई कारबाही हुन्छ : पुटिन


सञ्चार डबली
  • शनिबार, असार ९ २०८०
  • 8.3K
    SHARES

  • images
    पिठ्युँमा छुरा प्रहार गर्नेलाई कारबाही हुन्छ : पुटिन


    काठमाडौं, ९ असार । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रसियामा निजी सेना वाग्नर समूहले कू प्रयासको बीचमा देशलाई सम्बोधन गरेका छन ।पुटिनले वाग्नरका प्रमुख येभगेनी प्रिगोजिनको कार्य देशद्रोह भएको बताएका छन् । सम्बोधनमा उनले भने, ‘यो देशद्रोह हो । रुसले आफ्नो रक्षा गर्नेछ र यस शत्रुतापूर्ण कदम विरुद्ध बदला लिनेछ ।’

    वाग्नर प्रमुख येभगेनी प्रिगोजिन र उनको सेनाले रोस्तोभ अन डोन र भोरोनेजका रूसी शहरहरू कब्जा गरेको केही घण्टापछि पुटिनले बिहान रुसी जनतालाई एउटा टेलिभिजनमार्फत सम्बोधन गरेका थिए ।

    रुसी सेना र रुसी जनता विरुद्ध विद्रोह गर्नेलाई विद्रोहको सजाय दिइने पुटिनले बताए । सम्बोधनका क्रममा पुटिन निकै क्रोधित देखिन्थे ।उनले थप भने, ‘जसले जानाजानी देशद्रोहको बाटोमा हिँडेका छन्, त्यसले अवश्यम्भावी सजाय भोग्नुपर्छ । सेनाले उचित आदेश पाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend