काठमाडौं, वैशाख २१ । एनएमबि बैंकले बैशाख २० गते शनिवारको दिन एनएमबि बैंकको गट्ठाघर शाखाबाट शुरु भई शन्खधर पार्क, बालकुमारी मन्दिर, पाटी बिहार, नगदेश हुँदै बोडेको महालक्ष्मी मन्दिर सम्म पुगि समापन हुने बाह्रौं हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ ।
समृद्ध नेपालको अपार सम्भावना सहित मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवद्र्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त गरिमामय समारोहको आयोजना गरिएको बैंकले जनाएको छ ।
एनएमबि बैंक लिमिटेडले नेपाल हेरिटेज सोसाईटीको सहकार्यमा बैंकका कर्मचारी, मध्यपुर थिमि नगरपालिकाका कर्मचारी, नेपाल हेरिटेज सोसाईटीका सदस्यहरु तथा सर्वसाधारणहरु गरी लगभग ७०० जनाको सहभागितामा सो कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रमको प्रमुख अतिथिका रुपमा मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ उपस्तिथ थिए ।
उक्त कार्यक्रममा एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सम्पदा तथा वातावरण संरक्षणको लागि नेपाल हेरिटेज सोसाईटीलाइ रु ५००,००० को सहयोगका साथैे मध्यपुर थिमि नगरपालिकाकालाई डस्टविनहरु समेत हस्तान्तरण गरिएको छ ।
सोही प्रकारको कार्यक्रम सातै प्रदेशमा समेत गरीएको छ । बैंकले कोशी प्रदेशमा पूर्व बस स्ट्यान्डदेखि पाउ पाथिभरा मन्दिर झापासम्म, मधेष प्रदेशमा बिरगंज शाखादेखि सन्कराचार्य गेटसम्म, चितवनमा लायन्स चोकदेखि हरिहर मन्दिरसम्म, गण्डकी प्रदेशमा लेकसाइड शाखादेखि राम मन्दिर बिरौटासम्म, लुम्बिनी प्रदेशमा भल्वारी शाखादेखि मोक्ष धाम सेवा आश्रमसम्म, कर्णाली प्रदेशमा बिरेन्द्रनगर शाखादेखि काक्रेबिहार मन्दिरसम्म र सुदूर पश्चिम प्रदेशमा ग्रीन गोदावरी रिसोर्टदेखि गोदावरी शिव मन्दिरसम्म हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ ।
एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरु, १८६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।


