२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

 सेयर बजारमा सामान्य अंकको गिरावट 


सञ्चार डबली
  • आइतबार, वैशाख २१ २०८२
  • 5.4K
    SHARES

  • images
     सेयर बजारमा सामान्य अंकको गिरावट 


    काठमाडौं । सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.१८ अंकले घटेर २६२२.६५ विन्दुमा रोकिएको छ । अघिल्लो कारोबार दिन अर्थात् गत साताको बुधबार पनि नेप्से ८.१४ अंकले घटेको थियो । त्यसअघिका दुई कारोबार दिन पनि नेप्से दोहोरो अंकले ओरालो लागेको थियो ।

    आइतबार नेप्सेमा कुल ९ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत साताको बुधबार भने नेप्सेमा कुल ९ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो ।आइतबार कारोबारमा आएकामध्ये ११७ कम्पनीको सेयर मूल्य बढ्दा १२८ कम्पनीको घटेको छ ।

    आइतबार नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र ओम मेगाश्री कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । अन्य दुई कम्पनीको सेयर मूल्य नौ प्रतिशत बढीले वृद्धि भएको छ । आज विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend