२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

नेपाल बिजनेस समिटको ‘इम्पावर्ड बाई’ पार्टनरमा फोन पे


सञ्चार डबली
  • बिहीबार , वैशाख १८ २०८२
  • 8.2K
    SHARES

  • images
    नेपाल बिजनेस समिटको ‘इम्पावर्ड बाई’ पार्टनरमा फोन पे

     

    काठमाडौं । नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी फोन पेले आगामी नेपाल बिजनेस समिट २०२५ मा ‘इम्पावर्ड बाई’ साझेदारको रूपमा सहभागी हुने घोषणा गरेको छ ।सरकार, निजी क्षेत्र, शैक्षिक संस्थान तथा विभिन्न अन्तर्राष्ट्रिय विकास साझेदारहरूको सहभागिता रहने यस समिटमा, फोन पेले डिजिटल अर्थतन्त्र, वित्तीय समावेशिता र प्रविधि सशक्तीकरणका विषयमा ध्यान केन्द्रित गर्ने जनाएको छ ।

    साझेदारीबारे फोनपेका तर्फबाट प्रमुख सञ्चालन अधिकृत पारस कुँवर र नेपाल बिजनेश इन्स्टिच्युटका तर्फबाट कार्यकारी अध्यक्ष विशाल गैरेले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।सम्मेलन जेठ तेस्रो हप्ता हुनेछ । फोन पेले ‘सस्टेनेबल एन्ड रेजिलिएन्ट इकोनोमी’ भन्ने नारासहित आयोजना हुने यस समिटमा आफ्नो प्रमुख भूमिका प्रस्तुत गर्ने कम्पनीको दाबी छ ।

    समिटमा, कम्पनीले वित्तीय सेवा, प्रविधि, महिला उद्यमशीलता, ग्रामीण क्षेत्रको समावेशीकरणलगायत विविध आयाममा आफ्ना पहल र दृष्टिकोण प्रस्तुत गर्नेछ । साथै, समिटका दौरान विविध शैक्षिक, नीति निर्माण, व्यावसायिक तथा सामाजिक पक्षमा संवाद, छलफल तथा सहकार्यलाई प्रवद्र्धन गरिने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend