२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

लडाकु बिमानको इन्जिन अमेरिकाले भारतमा बनाउने


सञ्चार डबली
  • शनिबार, असार ९ २०८०
  • 7.3K
    SHARES

  • images
    लडाकु बिमानको इन्जिन अमेरिकाले भारतमा बनाउने

     


    काठमाडाैं, ९ असार ।  अमेरिकाले लडाकु जेटको इन्जिन भारत मै बनाउने भएको छ । अमेरिका र भारतका बिचमा भारतीय वायु सेनाका लागि जेटको इन्जिन भारतमा बनाउने सहमति भएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणको क्रममा सो सहमति भएको हो ।

    अमेरिकाले जेट इन्जिनको प्रविधि भारतसँग साझा गर्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । जसअनुसार सैन्य क्षेत्रमा दुई देश बीचमा एतिहासिक र महत्त्वपूर्ण उपलब्धि मानिएको छ ।सो अवसरमा अमेरिकाको जनरल इलेक्ट्रिक र भारतको सरकारी स्वामित्वको हिन्दुस्तान एयरोनटिक्स लिमिटेडबीच सम्झौतापत्रमा हस्ताक्षरसमेत भइसकेको छ ।


    मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीचको भेटवार्ता पछि दुबै देशका कम्पनीका बीचमा सम्झौतासमेत भएको छ । अमेरिकामा निजी कम्पनीहरूले सैन्य सुरक्षा सामग्री उत्पादन गर्दै आएका छन् । मोदी २१–२३ जुनसम्म अमेरिकाको राजकीय भ्रमणमा रहेका थिए । तीन दिने भ्रमण सकेर मोदी शनिवार मिश्रतर्फ प्रस्थान गरेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend