२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

प्राइम कमर्सियल बैंकको खुद नाफा २ अर्ब २२ करोडमाथि


सञ्चार डबली
  • सोमबार, वैशाख १५ २०८२
  • 6.6K
    SHARES

  • images
    प्राइम कमर्सियल बैंकको खुद नाफा २ अर्ब २२ करोडमाथि

    काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकले चैत मसान्तसम्म २ अर्ब २२ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ। गत आर्थिक वर्षको यसै अवधिसम्म बैंकले २ अर्ब ८७ करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको थियो ।

    गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालू आर्थिक वर्षको यसै अवधिमा बैंकको खुद नाफा २२.५६ प्रतिशतले घटेको हो ।चालू आर्थिक वर्षमा बैंकको इम्पेयरमेन्ट चार्ज रकम बढेपछि खुद नाफामा समेत दबाब परेको हो । गत वर्ष बैंकको इम्पेयरमेन्ट चार्ज साढे ८९ करोड रुपैयाँ रहेकोमा चालू आर्थिक वर्षमा बढेर २ अर्ब ३३ करोड रुपैयाँ नाघेको छ ।

    खुद नाफा घटेपनि बैंकको खुद ब्याज र कुल सञ्चालन आम्दानी भने बढेको छ। बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ७८ करोड रुपैयाँबाट बढेर ६ अर्ब ६६ करोड रुपैयाँ र कुल सञ्चालन आम्दानी ७ अर्ब १६ करोड रुपैयाँबाट बढेर ८ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । यद्यपि यस वर्ष बैंकको सञ्चालन नाफा ४ अर्ब ११ करोड रुपैयाँबाट घटेर ३ अर्ब ७१ करोड रुपैयाँमा झरेको छ।

    बैंकको लाभांश क्षमता भने १ अर्ब ७३ करोड रुपैयाँबढी रहेको छ।बैंकको चुक्ता पूँजी १९ अर्ब ४० करोड २५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ७३ करोड रुपैयाँ र रिजर्भ कोषमा झण्डै पौने ११ अर्ब रुपैयाँ सञ्चिति रहेको छ । खराब कर्जा ५.६५ प्रतिशत रहेको यस बैंकको प्रतिशेयर आम्दानी ईपीएस १९ रुपैयाँ ७८ पैसाबाट घटेर १५ रुपैयाँ ३२ पैसा र प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ ६३ पैसा रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend