२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

माछापुच्छ्रे बैंक र अल मुजैनी एक्स्चेन्जबीच रेमिट्यान्स सेवा सम्झौता


सञ्चार डबली
  • शनिबार, वैशाख १३ २०८२
  • 5.8K
    SHARES

  • images
    माछापुच्छ्रे बैंक र अल मुजैनी एक्स्चेन्जबीच रेमिट्यान्स सेवा सम्झौता

    काठमाडौं । माछापुच्छ्रे बैंकले कुवेतस्थित अल मुजैनी एक्स्चेन्जसँग रेमिट्यान्स सेवासम्बन्धी सम्झौता गरेको छ।कुवेतमा रहेका नेपालीलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने उद्देश्यसाथ अल मुजैनीसँग सहकार्य गरी विधिवत रूपमा रेमिट्यान्स सेवा सुरु गरेको बैंकले जनाएको छ ।

    बिहीबार कुवेतस्थित होटल मिलेनियम साल्मियामा एक औपचारिक कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । सम्झौतापत्रमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र अल मुजैनी एक्स्चेन्जका महाप्रबन्धक ह्यु फर्नान्डेजले हस्ताक्षर गरेका छन् ।

    कार्यक्रममा कुवेतका लागि नेपालका राजदूत सुजनी राणा, गैरआवासीय नेपाली संघ कुवेतका अध्यक्ष रणध्वज लामा लगायत गैरआवासीय नेपाली संघका प्रतिनिधि, कुवेतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि लगायत सहभागी थिए ।

    बैंकका अनुसार अब कुवेतमा रहेका नेपालीले कुवेतस्थित अल मुजैनी एक्स्चेन्जका १ सय ४५ शाखाबाट पठाएको रकम सजिलैसँग माछापुच्छ्रे बैंकका १ सय ६५ शाखा, ९९ शाखारहित बैकिङ सेवा र ११ एक्स्टेन्सन काउन्टर तथा २० हजारभन्दा बढी रेमिट्यान्स एजेन्ट मार्फत सजिलै भुक्तानी लिन सकिने छ ।

    साथै, बैंकले अल मुजैनी एक्स्चेन्जबाट पठाइएको रेमिट्यान्स नेपालका जुनसुकै बैंक खातामा तुरुन्त जम्मा हुने व्यवस्था मिलाएको छ ।

    सोही कार्यक्रमा बैंकले तयार पारेको बैंकको कभर गीत सार्वजनिक गरिएको थियो । बैंकका पूर्वसञ्चालक हरिभक्त सिग्देलले रचना गरेको उक्त कभर गीत बैंक सञ्चालक समिति अध्यक्ष रोशन केसी तथा कार्यवाहक राजदूत राणाले संयुक्त रूपमा सार्वजनिक गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend