२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आज अमेरिकी डलरको भाउ बढेयो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?


सञ्चार डबली
  • बिहीबार , वैशाख ११ २०८२
  • 5.0K
    SHARES

  • images
    आज अमेरिकी डलरको भाउ बढेयो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

    काठमाडौ । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आज अमेरिकी डलरको भाउ ३७ पैसाले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज पनि एक अमेरिकी डललको खरिददर १३६ रूपैयाँ ३८ पैसा र बिक्रीदर १३६ रूपैयाँ ९८ पैसा कायम गरिएको छ । यसअघि बुधबार अमेरिकी डलरको खरिददर १३६ रूपैयाँ ०१ पैसा र बिक्रीदर १३६ रूपैयाँ ६१  पैसामा कारोेबारको थियो ।   

    आज यूरोपियन युरो एकको खरिदमूल्य १५५ रूपैयाँ ४० पैसा र बिक्रीमूल्य १५६ रूपैयाँ ०८ पैसा तोकिएको छ । यो भाउ अघिल्लो दिनको तुलनामा यसको भाउ ८४ पैसाले घटेको छ । यसअघि बुधबार युरो एकको खरिदमूल्य १५६ रूपैयाँ २३ पैसा र बिक्रीमूल्य १५६ रूपैयाँ ९२ पैसामा कारोबार थियो ।  त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १८१ रूपैयाँ ४१ पैसा र बिक्रीदर १८२ रूपैयाँ २० कायम गरिएको छ । 

    यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ३७ पैसा र बिक्रीदर ८७ रूपैयाँ ७६ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९८ रूपैयाँ ५९ पैसा र बिक्रीमा ९९ रूपैयाँ ०२ पैसा कायम गरिएको छ । उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ ६१ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ६५ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ७१ पैसा तथा बिक्री दर १८ रूपैयाँ ७९ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ५९ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६३ पैसा कायम गरेको जनाइएको छ । 

    यसैगरी, आज कतारी रियाल एकको खरिदमूल्य ३७ रूपैयाँ ३१ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ ४८ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३६ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५२ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ १३ पैसा र बिक्रीदर ३७ रूपैयाँ २९ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बिहिबार ३१ रूपैयाँ ०६ पैसा र बिक्रीदर ३१ रूपैयाँ २० पैसा कायम गरेको छ । साथै, कुवेती दिनार एकको खरिददर ४४५ रूपैयाँ ३१ पैसा र बिक्रीदर ४४७ रूपैयाँ २७ पैसा र बहराइन दिनार एकको खरिददर ३६१ रूपैयाँ ८३ पैसा र बिक्रीदर ३६३ रूपैयाँ ४२ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend