२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आजको विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको मूल्य घट्यो


सञ्चार डबली
  • बुधबार, वैशाख १० २०८२
  • 5.4K
    SHARES

  • images
    आजको विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको मूल्य घट्यो

    बुधबार, १० बैशाख २०८२
    काठमाडौं नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ०१ पैसा र बिक्रीदर १३६ रूपैयाँ ६१ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकले युरोपियन युरो एकको खरिददर १५६ रूपैयाँ २३ पैसा र बिक्रीदर १५६ रूपैयाँ ९२ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ रूपैयाँ ९१ पैसा र बिक्रीदर १८२ रूपैयाँ ७२ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६७ रूपैयाँ ५८ पैसा र बिक्रीदर १६८ रूपैयाँ ३२ पैसा कायम गरिएको जनाएको छ ।

    यस्तै,अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ०५ पैसा र बिक्रीदर ८७ रूपैयाँ ४३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रूपैयाँ ३१ पैसा र बिक्रीदर ९८ रूपैयाँ ७४ पैसा, सिंगापुर डलर एकको खरिददर १०४ रूपैयाँ र बिक्रीदर १०४ रूपैयाँ ४६ पैसा निर्धारण गरिएको छ ।

    त्यस्तै, जापानी येन १० को खरिददर नौ रूपैयाँ ७० पैसा र बिक्रीदर नौ रूपैयाँ ७४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ६० पैसा र बिक्रीदर १८ रूपैयाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ २६ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ३१ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४७ पैसा तोकिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend