२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

१४.८० प्रतिशतले बढ्यो सानिमा बैंकको नाफा 


सञ्चार डबली
  • मंगलबार, वैशाख ९ २०८२
  • 5.3K
    SHARES

  • images
    १४.८० प्रतिशतले बढ्यो सानिमा बैंकको नाफा 

    काठमाडौं । सानिमा बैंकको चालु आर्थिक वर्ष २०८१–८२ को तेस्रो त्रैमासमा खुद नाफा बढेको छ । बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा १४.८० प्रतिशतले नाफा बढाउँदै १ अर्ब ६५ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको चैतसम्म बैंकले १ अर्ब ४३ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

    चालु आर्थिक वर्षको चैतसम्म बैंकको खुद ब्याज आम्दानी ६.५२ प्रतिशत घटेर ४ अर्ब २८ करोड २८ लाख रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ५८ करोड १५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । चैत मसान्तसम्ममा बैंकको सञ्चालन नाफा ९ प्रतिशत बढेर २ अर्ब २५ करोड १३ लाख रुपैयाँ पुगेको छ ।

    यसअवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब १९ करोड ८५ लाख रुपैयाँ छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता प्रतिसेयर १८.९२ रुपैयाँ रहेको छ । गत वर्षको चैतमा बैंकको यस्तो नाफा ७५ करोड ६८ लाख रुपैयाँ थियो ।

    त्यस्तै बैंकको रिटर्न अन इक्विटी (आरओई) १०.३५ प्रतिशत छ । चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँ रहेको सानिमा बैंकको जगेडा कोष ३.९८ प्रतिशत बढेर ६ अर्ब १२ करोड ९६ लाख रुपैयाँ छ । समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ८.४१ प्रतिशत बढेर २ खर्ब १३ अर्ब ७७ करोड ८९ लाख रुपैयाँ र कर्जा लगानी ८.५८ प्रतिशत बढेर १ खर्ब ७३ अर्ब ९ करोड ६६ लाख रुपैयाँ गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend