२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

कमिसन प्रकरण : नेपाल बैंकको सञ्चालक अधिकारी बर्खास्त


सञ्चार डबली
  • मंगलबार, वैशाख ९ २०८२
  • 6.7K
    SHARES

  • images
    कमिसन प्रकरण : नेपाल बैंकको सञ्चालक अधिकारी बर्खास्त

     

    काठमाडौं ।  ऋण मिलाइदिने भन्दै ऋणीसँग कमिसन लिएको पुष्टि भएपछि नेपाल बैंकका सञ्चालक चन्द्रबहादुर अधिकारी बर्खास्त भएका छन् । अधिकारीले ऋण मिलाइदिने प्रलोभन देखाएर कमिसन लिन खोजेको पुष्टि भएपछि राष्ट्र बैंकले बर्खास्त गरेको हो ।

    राष्ट्र बैंकले गत माघमा विशेष टोली पठाएर विभिन्न चरणमा बैंकमा गरेको अध्ययनबाट अधिकारीले घुस लिएको पुष्टि भएपछि कारबाही गरेको राष्ट्र बैंकले जनाएको छ ।

    अधिकारीको ड्राइभरको खातामा ऋण मिलाइदिन भनेका ग्राहकले रकम जम्मा गरेको भेटिएको थियो । बैंकले एक सूचना जारी गर्दे नेपाल राष्ट्र बैंक, बैंक सुपरिवेक्षण विभागबाट प्राप्त निर्देशन अनुसार अधिकारीलाई हटाएसँगै सो पद रिक्त भएको हो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend