२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

होटेल सारथी र सिटिजन्स क्यापिटलबीच प्राथमिक शेयर निश्कासनका लागि सम्झौता


सञ्चार डबली
  • सोमबार, वैशाख ८ २०८२
  • 5.3K
    SHARES

  • images
    होटेल सारथी र सिटिजन्स क्यापिटलबीच प्राथमिक शेयर निश्कासनका लागि सम्झौता

    काठमाडौं । होटेल सारथी र सिटिजन्स क्यापिटल लिमिटेडबीच आईपीओ जारी गर्ने प्रक्रियाका लागि जारी तथा निर्गमन प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।होटेल सारथी, धुलिखेलमा आयोजित एक विशेष समारोहमा होटेलका कार्यकारी अध्यक्ष प्रल्हाद प्याकुरेल र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्री सबिर बादे श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

    होटेल सारथीले जारी पुँजीको ३० प्रतिशतले हुन आउने १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता साधारण शेयर जारी गर्नेछ ।ईपीओ जारीपश्चात कम्पनीको चुक्ता पुँजी ५० करोड रुपैयाँ पुग्नेछ ियस सम्झौतासँगै होटेल सारथी आर्थिक वर्ष २०८२/ ०८३ भित्र नेपालका पुँजी बजारमा सूचीकृत हुने भनेको छ ।

    नयाँ लगानीकर्ताले होटेल तथा पर्यटन क्षेत्रको कम्पनीमा लगानीका लागि नयाँ अवसर पाउनेछन् ।२०७२ सालमा स्थापना भएको होटेल सारथी सुपरिचित पर्यटकीय गन्तब्य धुलिखेलमा रहेको स्थापित लक्जरी होटेल हो । २०७६ चैत्रदेखि अपरेसनमा आएको होटलमा प्रेसिडेन्सीयल सुइट, सुइट, प्रिमियम तथा डिलक्स गरि ८० वटा कोठा सञ्चालनमा रहेका छन् ।

    २० जनादेखि ४०० जनासम्मको क्षमता भएको ठुला–साना गरि ४ वटा सभा हल रहेको होटलको सातौँ तल्लामा ‘रुफटप इन्फिनिटी स्वीमिङ पुल विथ पुल बार’ रहेको छ ।यहाँबाट लाङटाङ हिमश्रृंखला र गौरीशंकर हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।

    आन्तरिक र बाह्य पर्यटकको पहिलो रोजाइमा पर्न सफल यस होटल संचालनको छोटो समयमा नै होलिडेज, कर्पोरेट, माइसका साथै डेस्टिनेसन वेडिङका लागि समेत आफ्नो बिशेष पहिचान बनाउन सफल भएको छ ।स्थानीयरूपमा उपलब्ध खाद्य सामग्रीलाई प्राथमिकता दिँदै ग्राहकको रोजाइ अनुसारको मेनु पस्कँदै आएको यस होटलले स्थानीयस्तरमा रोजगारी, सीप विकास र पेशागत क्षमता वृद्धिमा समेत महत्वपूर्ण योगदान गरेको छ।सारथी समूहअन्तर्गत होटेल, मार्ट, बहुउद्देश्यीय सहकारी, वेलफेयर फाउण्डेशन, स्कूल, तालिम केन्द्र, सारथी भेन्चर्स तथा होलिडेज संचालनमा रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend