२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आज तेश्रोदिन पनि डलरको भाउ स्थिर, अन्यको अवस्था कस्तो ?


सञ्चार डबली
  • सोमबार, वैशाख ८ २०८२
  • 5.8K
    SHARES

  • images
    आज तेश्रोदिन पनि डलरको भाउ स्थिर, अन्यको अवस्था कस्तो ?
     
    काठमाडौ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आज अमेरिकी डलरको भाउ आज तेश्रोदिन पनि स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज पनि एक अमेरिकी डललको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम गरिएको छ । शनिबार देखी अमेरिकी डलरको भाउ सोही मूल्यमा खरिदबिक्री भएको छ ।   

    आज यूरोपियन युरो एकको खरिदमूल्य १५५ रूपैयाँ २८ पैसा र बिक्रीमूल्य १५५ रूपैयाँ ९६ पैसा तोकिएको छ । यसअघि आइतबार युरो एकको खरिदमूल्य १५५ रूपैयाँ ०३ पैसा र बिक्रीमूल्य १५५ रूपैयाँ ७१ पैसामा कारोबार थियो ।  त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १८१ रूपैयाँ २३ पैसा र बिक्रीदर १८२ रूपैयाँ ०३ कायम गरिएको छ । यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ९१ पैसा र बिक्रीदर ८७ रूपैयाँ २९ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९८ रूपैयाँ ४२ पैसा र बिक्रीमा ९८ रूपैयाँ ८६ पैसा कायम गरिएको छ ।

    उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ ५९ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ६३ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ६७ पैसा तथा बिक्री दर १८ रूपैयाँ ७५ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ५७ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६२ पैसा कायम गरेको जनाइएको छ । यसैगरी, आज कतारी रियाल एकको खरिदमूल्य ३७ रूपैयाँ ३९ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ ५६ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३३ पैसा र

    बिक्रीमूल्य ३६ रूपैयाँ ४९ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ११ पैसा र बिक्रीदर ३७ रूपैयाँ २८ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर आइतबार ३० रूपैयाँ ८८ पैसा र बिक्रीदर ३१ रूपैयाँ ०२ पैसा कायम गरेको छ । साथै, कुवेती दिनार एकको खरिददर ४४४ रूपैयाँ ५४ पैसा र बिक्रीदर ४४६ रूपैयाँ ५० पैसा र बहराइन दिनार एकको खरिददर ३६१ रूपैयाँ ५४ पैसा र बिक्रीदर ३६३ रूपैयाँ १३ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend